गृहपृष्ठ ∕ प्रदेश १ ∕ जेष्ठ नागरिकको उपचार गर्न आश्रममा अक्षय कोष खडा जेष्ठ नागरिकको उपचार गर्न आश्रममा अक्षय कोष खडा हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, ०९:५९ मा प्रकाशित विराटनगर—विराटनगर– ८ मधुमाराकी शारदा भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर यहाँ रहेको विराटेश्वर वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूको उपचारका लागि अक्षय कोष खडा गरेकी छन् । उनले आफ्नो ४५ औं जन्मदिनको अवसरमा बिहीबार ५० हजार १ सय ५ रूपैयाँको अक्षय कोष खडा गरेकी हुन् । वृद्धाहरू बिरामी भएको बेला उपचार र औषधीका लागि आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोषको स्थापना गरिएको उनले बताइन् । जन्मदिनमा मानिसहरूले तामझाम पार्टी गर्ने प्रचलनलाई हटाउँदै शारदाले जन्मदिनमा गरिने फजुल खर्च वृद्धाश्रममा दिएको बताइन् । आश्रममा एक कार्यक्रम गरी अक्षय कोषको रकम विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई भण्डारी र उनका श्रीमान एन्जन कार्कीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । वृद्धाहरूको औषधी उपचारका लागि स्थापना गरिएको अक्षय कोषको रकम आगामी दिनमा थप वृद्धि गर्दै लैजाने शारदाका श्रीमान एन्जलले बताए । २ वर्षदेखि जम्मा गरिएको पैसा शारदाले स्वर्गीय सासु तुलसादेवी र ससुरा वीरबहादुर कार्कीको नाममा अक्षय कोष स्थापना गरिएको बताइन् । यस वृद्धाश्रममा ६१ जना जेष्ठ नागरिक रहेका छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल डेन्टल एसोसिएसन मोरङ अध्यक्षमा डा. निमिषा स्वास्थ्य मन्त्रालयलाई हर्क साङपाङको पत्र— कुलङ्घारले जग्गा दिइ पठाएछ, प्लीज… कोशीको प्रदेश आपूर्ति केन्द्रको बजेटमा स्वास्थ्यमन्त्रीको कैची कोशीका ४४ स्वास्थ्य संस्थाको नाम फेरिदैं : ‘जिल्ला’ शब्द हटाएर… चौतर्फी विरोधपछि कोशी अस्पताललाई ‘प्रथम सेवा विन्दु’ कायम कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णयविरुद्ध कर्मचारी आन्दोलित धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ५ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’