२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा ७० जना कोरोना संक्रमित थपिए, प्रदेशमा संक्रमितको संख्या ९१६ पुग्यो

कर्णालीमा ७० जना कोरोना संक्रमित थपिए, प्रदेशमा संक्रमितको संख्या ९१६ पुग्यो


वीरेन्द्रनगर- कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । शनिबार पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ७० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

शनिबार नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना रहेका छन् । जसमध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना रहेका छन् । त्यस्तै दैलेखका ३० जनामा नयाँ संक्रमण पुष्टि भएको छ । जसमध्ये आठबीस नगरपालिकाका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेको सामाजिक विकास मन्त्रालयको जन साखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।

यसका साथै आज कर्णालीको दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ । हालसम्म कोभिड-१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ ।

यो सँगै हालसम्मको जिल्लागत संख्या दैलेख ५०२ जना, सुर्खेत १९७ जना, सल्यान १३७ जना, कालिकोटमा २८ जना, जुम्लामा २४ जना, जाजरकोटमा ८ जना, मुगुमा २ जना, हुम्लामा १ जना, डोल्पामा १ जना र अन्य प्रदेशका १६ जना रहेको प्रमुुख कँडेलले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ