गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ किशोरावस्थामै गर्भधारणले पुर्याउँछ शारीरिक तथा मानसिक स्वास्थ्यमा हानी, कसरी जोगिने ? किशोरावस्थामै गर्भधारणले पुर्याउँछ शारीरिक तथा मानसिक स्वास्थ्यमा हानी, कसरी जोगिने ? डा. किर्तिपाल सुवेदी, स्त्री तथा प्रसूती रोग विशेषज्ञ बुधबार, २०७७ कात्तिक १९ गते, १३:१८ मा प्रकाशित प्राकृतिक रुपमा स्त्री जातीलाई प्रजननका लागि योग्य मानिन्छ । यो प्रकृतीले दिएको बरदान नै हो । यसो भन्दैमा स्त्री जाति हर समय वा जुनसुकै उमेरमा पनि प्रजननका लागि योग्य हुन्छन् भन्ने होइन । गर्भधारणका लागि उनीहरु शारीरिक एवम् मानसिक रुपमा तयार ह्ुनुपर्छ । नेपालमा आर्थिक वर्ष २०७२÷७३ देखि ०७४÷७५ सम्ममा ४० हजारभन्दा बढी महिला किशोरावस्थामै आमा बनेका छन् । यो भनेको स्वास्थ्यका दृष्टिकोणले आमा शिशु दुवैका लागि जोखिमपुर्ण अवस्था हो । कम उमेरमा विवाह गर्ने र २० वर्ष नपुग्दै आमा बन्ने प्रकृयाले मातृ–शिशु मृत्युदर बढाउँछ । साथै, यसले आमा तथा शिशु दुवैमा दिर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ । यसको मुख्य कारण भनेकै यौन गतिविधि र प्रजननका लागि शारीरिक–मानसिक रुपमा महिला तयार नहुनु हो । किशोरावस्थामै गर्भधारण हुँदा देखिने स्वास्थ्य समस्या यौनांग च्यातिने अत्याधिक रक्तश्राव हुने प्राकृतिक रुपमा सुत्केरी नभएर शल्यक्रिया गर्नुपर्ने प्रजनन अंग र पाठेघरको आकार सानो हुने दिर्घकालीन रुपमा यौनरोगको सिकार हुने मानसिक रुपमा तयार नभएको हुँदा गर्भवतीको समयमा आउने हर्माेन परिवर्तनलाई उचित रुपमा थेग्न नसक्दा टोलाउने, बेहोस हुने र डिप्रेसनको सिकार हुने शिशुका कारण आफ्नो जीवन खेर गयो भन्नेजस्ता सोच आउने र यसैकारण शिशुहत्या समेत हुन सक्ने शिशुको उचित वृद्धि विकास हुन नसक्ने शिशुको तौल कम हुने शिशुको उचित स्याहारको कमी हुने मातृ–शिशुको मृत्यु हुने कसरी जोगिने ? यस्तो जोखिम नआओस् भन्नका लागि सबैभन्दा उत्तम उपाय भनेकै प्रजननका लागि कुनै पनि महिला शारीरिक एवम् मानसिक दुवै तवरबाट तयार रहनु हो । अर्थात्, कसैको करकापमा नभई शारीरिक र मानसिक दुवै रुपमा तयार भएपछि मात्र महिलाले गर्भाधारण गर्नुपर्छ । यसका लागि प्रत्येक दम्पतिले आफ्नो परिवार योजना अनुरुप महिला स्वास्थ्यको दृष्टिकोणबाट गर्भधारण गर्नु उचित रहे वा नरहेको भन्ने विषयमा आवश्यक शारीरिक जाँच गराई यस विषयप्रतिको प्रश्न, जिज्ञासा एवम् समस्या सम्बन्धित चिकित्सकसँग परामर्श समेत लिन सकिन्छ । यसका साथै कम उमेरमा गर्भधारण गरेका महिलाले अनिवार्य रुपमा नियमित गर्भ जाँच गराउनु पर्छ भने प्रसुतीका लागि अस्पताल नै जानुपर्छ । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गर्मीमा बालबालिकालाई देखिने समस्या र समाधान किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट… किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन्… डा. सजिप्ता पन्तको सल्लाह : महिनावारीको समयमा के गर्ने ?… धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ६ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ७ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश Kalpana Craft ट्रेण्डिङ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ भरतपुर अस्पतालमा क्याथल्याव सुरु इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली प्रदेशले माग्यो २०१ सामुदायिक नर्स बिकलाङ्ग बच्चा जन्मेपछि डाक्टर निलम्बित ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र आफैले पढेको विश्वविद्यालयको आकर्षक जागिर छाडेर घर फर्किएका वरिष्ठ न्यूरो सर्जन नर्सिङको पाचौं, छैटौ र सातौ तहको १४ सय बढीको समायोजन (पूर्ण सूचीसहित) आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ भरतपुर अस्पतालमा क्याथल्याव सुरु इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली प्रदेशले माग्यो २०१ सामुदायिक नर्स बिकलाङ्ग बच्चा जन्मेपछि डाक्टर निलम्बित ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र आफैले पढेको विश्वविद्यालयको आकर्षक जागिर छाडेर घर फर्किएका वरिष्ठ न्यूरो सर्जन नर्सिङको पाचौं, छैटौ र सातौ तहको १४ सय बढीको समायोजन (पूर्ण सूचीसहित)