गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ किशोरावस्थामै गर्भधारणले पुर्याउँछ शारीरिक तथा मानसिक स्वास्थ्यमा हानी, कसरी जोगिने ? किशोरावस्थामै गर्भधारणले पुर्याउँछ शारीरिक तथा मानसिक स्वास्थ्यमा हानी, कसरी जोगिने ? डा. किर्तिपाल सुवेदी, स्त्री तथा प्रसूती रोग विशेषज्ञ बुधबार, २०७७ कात्तिक १९ गते, १३:१८ मा प्रकाशित प्राकृतिक रुपमा स्त्री जातीलाई प्रजननका लागि योग्य मानिन्छ । यो प्रकृतीले दिएको बरदान नै हो । यसो भन्दैमा स्त्री जाति हर समय वा जुनसुकै उमेरमा पनि प्रजननका लागि योग्य हुन्छन् भन्ने होइन । गर्भधारणका लागि उनीहरु शारीरिक एवम् मानसिक रुपमा तयार ह्ुनुपर्छ । नेपालमा आर्थिक वर्ष २०७२÷७३ देखि ०७४÷७५ सम्ममा ४० हजारभन्दा बढी महिला किशोरावस्थामै आमा बनेका छन् । यो भनेको स्वास्थ्यका दृष्टिकोणले आमा शिशु दुवैका लागि जोखिमपुर्ण अवस्था हो । कम उमेरमा विवाह गर्ने र २० वर्ष नपुग्दै आमा बन्ने प्रकृयाले मातृ–शिशु मृत्युदर बढाउँछ । साथै, यसले आमा तथा शिशु दुवैमा दिर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ । यसको मुख्य कारण भनेकै यौन गतिविधि र प्रजननका लागि शारीरिक–मानसिक रुपमा महिला तयार नहुनु हो । किशोरावस्थामै गर्भधारण हुँदा देखिने स्वास्थ्य समस्या यौनांग च्यातिने अत्याधिक रक्तश्राव हुने प्राकृतिक रुपमा सुत्केरी नभएर शल्यक्रिया गर्नुपर्ने प्रजनन अंग र पाठेघरको आकार सानो हुने दिर्घकालीन रुपमा यौनरोगको सिकार हुने मानसिक रुपमा तयार नभएको हुँदा गर्भवतीको समयमा आउने हर्माेन परिवर्तनलाई उचित रुपमा थेग्न नसक्दा टोलाउने, बेहोस हुने र डिप्रेसनको सिकार हुने शिशुका कारण आफ्नो जीवन खेर गयो भन्नेजस्ता सोच आउने र यसैकारण शिशुहत्या समेत हुन सक्ने शिशुको उचित वृद्धि विकास हुन नसक्ने शिशुको तौल कम हुने शिशुको उचित स्याहारको कमी हुने मातृ–शिशुको मृत्यु हुने कसरी जोगिने ? यस्तो जोखिम नआओस् भन्नका लागि सबैभन्दा उत्तम उपाय भनेकै प्रजननका लागि कुनै पनि महिला शारीरिक एवम् मानसिक दुवै तवरबाट तयार रहनु हो । अर्थात्, कसैको करकापमा नभई शारीरिक र मानसिक दुवै रुपमा तयार भएपछि मात्र महिलाले गर्भाधारण गर्नुपर्छ । यसका लागि प्रत्येक दम्पतिले आफ्नो परिवार योजना अनुरुप महिला स्वास्थ्यको दृष्टिकोणबाट गर्भधारण गर्नु उचित रहे वा नरहेको भन्ने विषयमा आवश्यक शारीरिक जाँच गराई यस विषयप्रतिको प्रश्न, जिज्ञासा एवम् समस्या सम्बन्धित चिकित्सकसँग परामर्श समेत लिन सकिन्छ । यसका साथै कम उमेरमा गर्भधारण गरेका महिलाले अनिवार्य रुपमा नियमित गर्भ जाँच गराउनु पर्छ भने प्रसुतीका लागि अस्पताल नै जानुपर्छ । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं