गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ किशोरावस्थामै गर्भधारणले पुर्याउँछ शारीरिक तथा मानसिक स्वास्थ्यमा हानी, कसरी जोगिने ? किशोरावस्थामै गर्भधारणले पुर्याउँछ शारीरिक तथा मानसिक स्वास्थ्यमा हानी, कसरी जोगिने ? डा. किर्तिपाल सुवेदी, स्त्री तथा प्रसूती रोग विशेषज्ञ बुधबार, २०७७ कात्तिक १९ गते, १३:१८ मा प्रकाशित प्राकृतिक रुपमा स्त्री जातीलाई प्रजननका लागि योग्य मानिन्छ । यो प्रकृतीले दिएको बरदान नै हो । यसो भन्दैमा स्त्री जाति हर समय वा जुनसुकै उमेरमा पनि प्रजननका लागि योग्य हुन्छन् भन्ने होइन । गर्भधारणका लागि उनीहरु शारीरिक एवम् मानसिक रुपमा तयार ह्ुनुपर्छ । नेपालमा आर्थिक वर्ष २०७२÷७३ देखि ०७४÷७५ सम्ममा ४० हजारभन्दा बढी महिला किशोरावस्थामै आमा बनेका छन् । यो भनेको स्वास्थ्यका दृष्टिकोणले आमा शिशु दुवैका लागि जोखिमपुर्ण अवस्था हो । कम उमेरमा विवाह गर्ने र २० वर्ष नपुग्दै आमा बन्ने प्रकृयाले मातृ–शिशु मृत्युदर बढाउँछ । साथै, यसले आमा तथा शिशु दुवैमा दिर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ । यसको मुख्य कारण भनेकै यौन गतिविधि र प्रजननका लागि शारीरिक–मानसिक रुपमा महिला तयार नहुनु हो । किशोरावस्थामै गर्भधारण हुँदा देखिने स्वास्थ्य समस्या यौनांग च्यातिने अत्याधिक रक्तश्राव हुने प्राकृतिक रुपमा सुत्केरी नभएर शल्यक्रिया गर्नुपर्ने प्रजनन अंग र पाठेघरको आकार सानो हुने दिर्घकालीन रुपमा यौनरोगको सिकार हुने मानसिक रुपमा तयार नभएको हुँदा गर्भवतीको समयमा आउने हर्माेन परिवर्तनलाई उचित रुपमा थेग्न नसक्दा टोलाउने, बेहोस हुने र डिप्रेसनको सिकार हुने शिशुका कारण आफ्नो जीवन खेर गयो भन्नेजस्ता सोच आउने र यसैकारण शिशुहत्या समेत हुन सक्ने शिशुको उचित वृद्धि विकास हुन नसक्ने शिशुको तौल कम हुने शिशुको उचित स्याहारको कमी हुने मातृ–शिशुको मृत्यु हुने कसरी जोगिने ? यस्तो जोखिम नआओस् भन्नका लागि सबैभन्दा उत्तम उपाय भनेकै प्रजननका लागि कुनै पनि महिला शारीरिक एवम् मानसिक दुवै तवरबाट तयार रहनु हो । अर्थात्, कसैको करकापमा नभई शारीरिक र मानसिक दुवै रुपमा तयार भएपछि मात्र महिलाले गर्भाधारण गर्नुपर्छ । यसका लागि प्रत्येक दम्पतिले आफ्नो परिवार योजना अनुरुप महिला स्वास्थ्यको दृष्टिकोणबाट गर्भधारण गर्नु उचित रहे वा नरहेको भन्ने विषयमा आवश्यक शारीरिक जाँच गराई यस विषयप्रतिको प्रश्न, जिज्ञासा एवम् समस्या सम्बन्धित चिकित्सकसँग परामर्श समेत लिन सकिन्छ । यसका साथै कम उमेरमा गर्भधारण गरेका महिलाले अनिवार्य रुपमा नियमित गर्भ जाँच गराउनु पर्छ भने प्रसुतीका लागि अस्पताल नै जानुपर्छ । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? डा. श्रद्धा श्रेष्ठ : ‘शिशुमा देखिने जण्डिस सामान्य हो तर… महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार डा. किशोरराज प्रधानः किन बढी झिम्किन्छन् आँखा ? ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा