गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ किशोरावस्थामै गर्भधारणले पुर्याउँछ शारीरिक तथा मानसिक स्वास्थ्यमा हानी, कसरी जोगिने ? किशोरावस्थामै गर्भधारणले पुर्याउँछ शारीरिक तथा मानसिक स्वास्थ्यमा हानी, कसरी जोगिने ? डा. किर्तिपाल सुवेदी, स्त्री तथा प्रसूती रोग विशेषज्ञ बुधबार, २०७७ कात्तिक १९ गते, १३:१८ मा प्रकाशित प्राकृतिक रुपमा स्त्री जातीलाई प्रजननका लागि योग्य मानिन्छ । यो प्रकृतीले दिएको बरदान नै हो । यसो भन्दैमा स्त्री जाति हर समय वा जुनसुकै उमेरमा पनि प्रजननका लागि योग्य हुन्छन् भन्ने होइन । गर्भधारणका लागि उनीहरु शारीरिक एवम् मानसिक रुपमा तयार ह्ुनुपर्छ । नेपालमा आर्थिक वर्ष २०७२÷७३ देखि ०७४÷७५ सम्ममा ४० हजारभन्दा बढी महिला किशोरावस्थामै आमा बनेका छन् । यो भनेको स्वास्थ्यका दृष्टिकोणले आमा शिशु दुवैका लागि जोखिमपुर्ण अवस्था हो । कम उमेरमा विवाह गर्ने र २० वर्ष नपुग्दै आमा बन्ने प्रकृयाले मातृ–शिशु मृत्युदर बढाउँछ । साथै, यसले आमा तथा शिशु दुवैमा दिर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ । यसको मुख्य कारण भनेकै यौन गतिविधि र प्रजननका लागि शारीरिक–मानसिक रुपमा महिला तयार नहुनु हो । किशोरावस्थामै गर्भधारण हुँदा देखिने स्वास्थ्य समस्या यौनांग च्यातिने अत्याधिक रक्तश्राव हुने प्राकृतिक रुपमा सुत्केरी नभएर शल्यक्रिया गर्नुपर्ने प्रजनन अंग र पाठेघरको आकार सानो हुने दिर्घकालीन रुपमा यौनरोगको सिकार हुने मानसिक रुपमा तयार नभएको हुँदा गर्भवतीको समयमा आउने हर्माेन परिवर्तनलाई उचित रुपमा थेग्न नसक्दा टोलाउने, बेहोस हुने र डिप्रेसनको सिकार हुने शिशुका कारण आफ्नो जीवन खेर गयो भन्नेजस्ता सोच आउने र यसैकारण शिशुहत्या समेत हुन सक्ने शिशुको उचित वृद्धि विकास हुन नसक्ने शिशुको तौल कम हुने शिशुको उचित स्याहारको कमी हुने मातृ–शिशुको मृत्यु हुने कसरी जोगिने ? यस्तो जोखिम नआओस् भन्नका लागि सबैभन्दा उत्तम उपाय भनेकै प्रजननका लागि कुनै पनि महिला शारीरिक एवम् मानसिक दुवै तवरबाट तयार रहनु हो । अर्थात्, कसैको करकापमा नभई शारीरिक र मानसिक दुवै रुपमा तयार भएपछि मात्र महिलाले गर्भाधारण गर्नुपर्छ । यसका लागि प्रत्येक दम्पतिले आफ्नो परिवार योजना अनुरुप महिला स्वास्थ्यको दृष्टिकोणबाट गर्भधारण गर्नु उचित रहे वा नरहेको भन्ने विषयमा आवश्यक शारीरिक जाँच गराई यस विषयप्रतिको प्रश्न, जिज्ञासा एवम् समस्या सम्बन्धित चिकित्सकसँग परामर्श समेत लिन सकिन्छ । यसका साथै कम उमेरमा गर्भधारण गरेका महिलाले अनिवार्य रुपमा नियमित गर्भ जाँच गराउनु पर्छ भने प्रसुतीका लागि अस्पताल नै जानुपर्छ । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ