२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्य९३ वर्षीय सर्जनको यस्तो जोस, पढाउँछन् अझै मेडिकलका विद्यार्थी

९३ वर्षीय सर्जनको यस्तो जोस, पढाउँछन् अझै मेडिकलका विद्यार्थी


उनले भर्खरै ९३ औं वसन्त पार गरे । डाँडामाथिको घामको अवस्थामा पुगेका उनमा युवाको जस्तै जोस र जाँगर छ । ब्यागमा ल्यापटप बोक्छन् र नियमितजसो मेडिकल शिक्षाका विद्यार्थीलाई फुल टाइम पढाउँछन् । झट्ट सुन्दा विश्वास नलाग्न सक्छ । तर, बेलायतका सर्जन प्राध्यापक डाक्टर हारोल्ड इलिसीको पछिल्लो दैनिकी यस्तै छ । उनी ७१ वर्षअघि पनि बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) मा काम गर्थे । अहिले पुनः सोही अस्पतालमा जोडिएका छन् । अर्को अस्पतालमा पनि पार्ट टाइम पढाउँछन् । शल्यक्रियाका अतिरिक्त पढाउनु उनको सानैदेखिको सौख थियो । त्यही सौखमा उनी रमाएका छन् ।

प्राध्यापक हारोल्ड सम्भवतः बेलायतकै सबैभन्दा लामो समय सेवा गर्ने मेडिकल क्षेत्रका एक नक्षत्र हुन् । देशका प्रायः सबै अस्पतालमा काम गरिसकेका छन् उनले । अधिकांश अस्पतालमा सर्जनको भूमिकामा रहे । सम्पूर्ण जीवन मेडिकल क्षेत्रमा सर्मपण गरेका उनको अन्तिम श्वास लिने बेलासम्म यही क्षेत्रमा रहने प्रण छ । बुढ्यौलीले गाँज्दै गर्दा अस्पताल धाउनुको कारणबारे उनी ठट्यौली पारामा भन्छन्, ‘मलाई अझै पनि पत्नीले दिउँसो घर बस्नै दिन्नन ।’

पढाउनुबाहेक लेखनमा पनि उनको रुची छ । उनले दर्जनौं पुस्तक लेखेका छन । केही वर्षअगाडि उनले मेडिकल विद्यार्थीका लागि एनोटोमीबारे एउटा पुस्तक समेत लेखेका थिए । तर, उनलाई अध्यापनमै सौख छ । भन्छन्, ‘मेडिसिन पढाउनु निकै व्यवहारिक पक्ष हो ।’

पहिले र अहिलेको शल्यक्रिया प्रक्रिया निकै परिवर्तन भएको उनको अनुभव छ । त्यसको श्रेय आधुनिक उपकरण र वैज्ञानिक उपलब्धिलाई मान्छन् उनी । ‘अहिले शल्यक्रियामा पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ ,’ उनी भन्छन्, ‘मेडिकल क्षेत्रमा भएको परिवर्तन र उपलब्धि साँच्ची नै अविश्वसनीय छ । ’

मानिसहरु अहिले स्वास्थ्यप्रति बढी सचेत रहने गरेको उनको अनुभव छ । ‘तथ्यांकलाई विश्लेषण गर्ने हो भने म २५ वर्ष अगाडि मर्नुपर्ने हो,’ उनी थप्छन्, ‘तर ७५ वर्षका मानिस अहिले पनि म्याराथुनमा सहभागी हुन्छन् । ’

प्राध्यापक डा. हारोल्डले सन् १९४८ को जुलाईमा डाक्टरको योग्यता पाएका थिए । लगत्तै उनी एनएचसमा सर्जनको तालिम लिए । सन् १९८९ सम्म वेस्ट मिनिस्टर हस्पिटलमा सर्जन र प्राध्यापकको रुपमा काम गरे । त्यसपछि क्याम्ब्रिज युनिर्भसिटीमा एनोटोमी पढाउन थाले । अहिले पनि उनी मध्य लन्डनको गाएज हस्पिटलमा पार्ट टाइम पढाउछन् ।

पहिला र अहिलेको शल्यक्रिया पक्रिया निकै परिवर्तन भएको उनको अनुभव छ । त्यसको श्रेय आधुनिक उपकरण र वैज्ञानिक उपलब्धिलाई मान्छन् उनी ।

पोल्यान्ड र यहुदी मूलका डा. हेराल्डको जन्म १९२६ मा भएको हो । उनका बाबु नाई थिए । सेन्ट अलाभस ग्रामर स्कुलबाट स्नातक गरेपछि उनी अक्सफोर्डस्थित ¥याडक्लिफ इनफरमेरीमा काम गरे ।

पढाउनुबाहेक लेखनमा पनि उनको रुची छ । उनले दर्जनौं पुस्तक लेखेका छन् । केही वर्षअगाडि उनले मेडिकल विद्यार्थीका लागि एनोटोमीबारे एउटा पुस्तक समेत लेखेका थिए । तर, उनलाई अध्यापनमै सौख छ । भन्छन्, ‘मेडिसिन पढाउनु निकै व्यवहारिक पक्ष हो ।’ एनोटोमीलाई पुस्तकभन्दा पनि व्यवहारिक रुपमा अध्यापन गर्नुपर्ने उनको सुझाव छ ।

‘एनोटोमी पढाउन मानव शरीर उपयोग गर्नुपर्छ,’ उनी थप्छन् । उनको यसै साता पछिल्लो पुस्तक ‘स्टोरिज फ्रम दी अपरेटिङ थियटर एन्ड अदर एस्से’ यसै साता प्रकाशित भएको छ । मेडिकल क्षेत्रमा भएको आधुनिक उपलब्धिबारे पुस्तक केन्द्रित छ । अहिलेका विद्यार्थीलाई उनले मुक्तकण्ठले प्रशंसा गर्छन् । भन्छन्, ‘म अहिलेका मेडिकल विद्यार्लीलाई प्रशंसा गर्छु, उनीहरु निकै मेहनेती छन् ।’


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ