गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु जीवन लामा बिहिवार, २०८२ मंसिर ४ गते, ११:३७ मा प्रकाशित चरिकोट—मकालु बेस क्याम्प घुम्न पुगेका दोलखा मेलुङ गाउँपालिका–७ का डा. अरुण कार्कीको मृत्यु भएको छ । ४३ वर्षीय डा. कार्कीको लेक लागेर मृत्यु भएको हो । १ मंसिरमा मकालु बेस क्याम्प पुगेका कार्कीको उच्च हिमाली क्षेत्रमा अचानक स्वास्थ्यमा समस्या देखा परेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मकालु बेस क्याम्प नजिकै असहज महसुस भएपछि तत्काल सहयोग नपाउँदा उनको मृत्यु भएको प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको हो । प्रहरीकाअनुसार घटनाबारे जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा घटनास्थलतर्फ खटिएको थियो । उक्त टोलीले ३ मंसिरमा एभरेष्टको हेलिकप्टरमार्फत शव संखुवासभाबाट काठमाडौं पठाएको हो । स्थानीयका अनुसार डा. कार्की जनस्वास्थ्य कार्यालय दोलखाका पूर्वप्रमुख कुमार विक्रम कार्की र मैया कार्कीका छोरा हुन् । डा. अरुण कार्की छाला रोग विशेषज्ञ समेत रहेका जनाइएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ३ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने ७ निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू TFN ट्रेण्डिङ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम नर्सिङ पेसाका नबताइएका कथाहरू बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित बन्द भएको कोशी अस्पतालको ‘एनआईसीयु’ दुई वर्षपछि सुचारू एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम नर्सिङ पेसाका नबताइएका कथाहरू बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित बन्द भएको कोशी अस्पतालको ‘एनआईसीयु’ दुई वर्षपछि सुचारू एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis