२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार

तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा तीन करोड रुपैयाँको औषधि खरिद गर्न लागेको छ । ४१ प्रकारका औषधि खरिदका लागि कर्णाली प्रदेश सरकारले तीन करोड रुपैयाँ रकम विनियोजन गरेको हो ।

वर्षेनी बजेट विनियोजन गरेर आफ्नो दायित्वमा पर्ने औषधि खरिद कार्य प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत हुँदै आएको छ ।

चालु आर्थिक वर्षमा औषधि खरिदका लागि प्रदेश सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए ।

‘आपूर्ति व्यवस्थापन केन्द्रले खोप तथा खोपजन्य सामग्री प्रदेशका १० वटै जिल्ला स्वास्थ्य सेवा कार्यलयलाई उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘गत वर्षको औषधि खपतको अवस्था र यो वर्षको मागका आधारमा औषधि खरिद गर्ने गरिएको छ ।’

जिल्लाबाट माग भएको औषधिको विवरणका आधारमा खरिद प्रक्रिया सुरु गरिने केन्द्रले जनाएको छ । केन्द्रले टेन्डरमार्फत औषधि खरिद गर्ने गरेको छ ।

आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला स्वास्थ्य सेवा कार्यालयहरूमा खरिद गरिएको औषधि पठाउने गर्छ । जिल्लास्थित ती कार्यालयले पालिका र पालिकाले सम्बन्धित स्वास्थ्य केन्द्रमा औषधि उपलब्ध गराउँदै आएका छन् ।

तीन तहका सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ