२०८३ कात्तिक ८, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्पोरेट ∕ आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा

आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा


काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा काठमाडौंको रिङरोडभित्र गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि मात्र लागु हुने जनाइएको छ । यो सेवा माघ एक गतेदेखि सुरु भएको छ । यो सेवा सातै दिन २४ सै घण्टा सञ्चालन हुने जनाइएको छ ।

नर्भिकले आपतकालीन अवस्थामा बिरामी वा घाइतेलाई छिटो र सुरक्षित उद्धार गरी विश्वासिलो उपचार सेवा प्रदान गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ