२०८३ साउन १८, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारप्रा.डा. ज्ञानेन्द्र मान सिंह कार्की भन्छन्, ‘निजी मेडिकल कलेजलाई गैरनाफामूलक बनाउन कहिल्यै सम्भव छैन’

प्रा.डा. ज्ञानेन्द्र मान सिंह कार्की भन्छन्, ‘निजी मेडिकल कलेजलाई गैरनाफामूलक बनाउन कहिल्यै सम्भव छैन’


काठमाडौं—एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र मान सिंह कार्कीले निजी मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने कार्य असम्भव भएको बताएका छन् । गत शुक्रबार हेल्थआवाज डटकमको प्रस्तुति ‘स्वास्थ्यका कुरा’ पोष्डकाष्टमा लामो कुराकानीमा गर्दै उनले निजी मेडिकल कलेजहरुलाई गैरनाफामूलक बनाउने कुरा कानुनी राज्य भएको देशमा असम्भव भएको बताए ।

निजी मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने मार्गचित्र बनाउन कार्यदल गठन भएको सम्बन्धि हेल्थआवाजको प्रश्नमा गैरनाफामूलक बनाउन कहिल्यै सम्भव नरहेको बताए । ‘सिधा अर्थ भन्नुहुन्छ भने न हिजो सम्भव थियो, न आज हुन्छ न भोलि रहन्छ,’ डा. कार्कीले भने ।

प्रा.डा. कार्कीले प्रजातन्त्रमा आफूहरुको सम्पत्तिको सुरक्षा राज्यले गर्नुपर्ने बताए । ‘प्रजातन्त्रमा मेरो सम्पत्तिको सुरक्षाको ग्यारेण्टी पनि राज्यले लिन्छ, विशेष परिस्थितीबाहेक कुनै सम्पत्तिलाई अन्याथा गर्न पाउनुहुन्छ,’ उनले भने, ‘हामीले केही कालखण्डपछि यो कुरा मिल्दैं जान्छ भन्ने सोच्यौं तर समय छोटिदैं गयो । यसमा पटक—पटक आग्रह गर्दा छलफल गर्नुभएन, एकलौटीमा रुपमा आफ्ना कुरा थोपर्नु हुन्छ ।’

प्रा.डा. कार्कीले अहिलेका डायनामिक प्रधानमन्त्री बालेन्द्र शाहलाई सल्लाहकारहरुले उल्टो सल्लाह दिएको आरोप लगाए । ‘मैले उहाँ (प्रधानमन्त्री)सँग दुई चार पटक भेटेर कुरा गर्ने अवसर पाए उहाँ एकदमै पोजेटिभ हुनुहुन्छ,’ उनले भने, ‘उहाँको शिक्षा प्रणालीमा गहिरो रुचि छ । उहाँमा देशप्रति प्रेम छ ।’

चिकित्सा शिक्षामा प्राइभेट सेक्टरको झण्डै १ खर्ब लगानी भइसकेको उनको भनाइ छ । धनगढीमा गएर प्रा.डा. गोविन्द केसीलाई खुसी बनाउनका लागि रातारात जुस खुवाइएको बताए । डा. कार्कीले निजीको सिट वृद्धि नगर्ने कुरा सरकारले आफूहरुसँग गरेको पूर्व सहमति विपरित भएको दावी गरे ।

विस्तृत सुन्नुहोस् भिडियोमा




क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ