२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशलमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन सुरू, क्षेत्रीय अस्पतालमा कहिले ?

लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन सुरू, क्षेत्रीय अस्पतालमा कहिले ?


पोखरा–लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्लान्टमार्फत उत्पादित अक्सिजन अब पाइपलाइनमार्फत सिधै बिरामीको बेडमा पुग्नेछ । सिलिन्डरमा भर्नुपर्नै र ढुवानी गर्नुपर्ने झन्झट हटेको छ ।

लमजुङ जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठले अक्सिजन प्लान्ट जडान गरिएको जानकारी दिँदै भने, ‘प्लान्ट जडान गरी हामीले हिजो परीक्षण उत्पादन ग¥यौं । छानो र ढोका राख्ने काम बाँकी छ । पर्सि (मंगलबार) बाट नियमित उत्पादन सुरु गर्छाैं ।’

अस्पतालको प्रसुति डिपार्टबाहेक अन्य सबैतिर अक्सिजन पाइपलाइन विस्तार भइसकेको छ । बाँकी रहेको वार्डमा पनि छिट्टै विस्तार गरिने प्रमुख श्रेष्ठले बताए ।

‘१५ सिलिन्डर (ठूलो) क्षमताको प्लान्टबाट उत्पादित अक्सिजन कोभिड कहरबीच अझै अपुग हुनसक्छ । तर, अन्य सामान्य अवस्थामा हामी सिलिन्डरमा भरेर अन्यत्र पठाउन सक्छौं,’ प्रमुख श्रेष्ठले भने । अहिले कोभिड बिरामीलाई रेगुलर अक्सिजन दिँदा ८-१० जनाका लागि नै १८-२० सिलिन्डर खर्च हुने उनको भनाइ थियो ।

अक्सिजन भर्न आवश्यक पर्ने बुस्टर मेसिन नभएकाले सिलिन्डरमा भर्न नमिल्ने उनले प्रष्ट पारे । उनकाअनुसार बुस्टर मेसिन सप्लायर्सले नै उपलब्ध गराउन सकेको छैन । जिल्ला प्रशासन कार्यलय, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको पहल जारी छ । उनले भने, ‘बुस्टर मेसिन ल्याएपछि १ घन्टामा १ सिलिन्डर भर्न सकिन्छ होला ।’

जिल्ला अस्पतालमा २५ कोभिड बेडमध्ये हिजोसम्म १७ जना कोभिड बिरामी रहेको बताउँदै बिरामी थपिने र डिस्चार्ज हुने भएकाले एकिन गरेर भन्न नसकिने उल्लेख गरे । ‘अझ थपिन सक्ने सम्भावनालाई मध्यनजर गरी बेड संख्या क्रममा छौं,’ उनले भने, ‘पहिलेका जनरल वार्डलाई प्रयोग गरिने हुनाले बेड तयारी अवस्थामा नै छन् ।’ बिरामीको चाप थपिँदै जाँदा ४०÷४५ बेडसम्म विस्तार गर्न सकिने उनको भनाइ थियो । कोभिड बिरामी चाप उच्च भएमा जनरल बिरामीलाई अर्काे व्यवस्था गर्ने योजना रहेको उनले बताए ।

क्षेत्रीय अस्पतालमा कहिले ?

विभिन्न अस्पतालहरुमा धमाधम अक्सिजन प्लान्ट निर्माण भइरहँदा पश्चिमाञ्चलन क्षेत्रीय अस्पतालमा भने बन्न सकेको छैन । प्लान्ट नबन्नुमा पोखरा स्वास्थ्य प्रतिष्ठानका पूर्व जिम्मेवार पदाधिकारी र क्षेत्रीय अस्पतालका केही चिकित्सक बाधक बनेको समाचार आइरहेका छन् ।

पछिल्लो समयमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट नबन्नुको कारण आर्थिक समस्या भएकोजस्तो देखाइएको छ । यसका लागि बतास अर्गनाइजेसनले पहलमा रकम संकलनको काम भइरहेको छ ।

जबकी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पक्षेअ अस्पताललाई आर्थिक अभाव देखिँदैन् । अक्सिजन प्लान्ट स्थापनाका लागि ठेक्का सम्झौतासमेत भइसकेको छ । अन्य कामसँग जोडेर अक्सिजन प्लान्ट ठेक्का दिइएको र अस्पतालका जिम्मेवार व्यक्तिले अक्सिजन प्लान्टलाई पछिल्लो प्राथमिकतामा राखेका कारण प्लान्ट निर्माण नभएको पक्षे अस्पतालका कर्मचारी बताउँछन् ।

लुकेको स्वार्थ नहुने हो भने ठेक्का सम्झौता भएको ठेकेदारमार्फत नै प्लान्ट ल्याउने हो भने अभियान चलाएर रकम संकलन गर्नुपर्ने देखिँदैन् । अब रकम संकलन गरेर प्लान्ट बताउनेहरुले सम्झौता भइसकेको ठेकेदारमाथि सहयोग र दबाब किन गर्दैनन् रहस्यमय बनेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ