२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारसैनामैना कोरोना अस्पतालमा एक्लो डाक्टरका रुपमा ३ महिना

सैनामैना कोरोना अस्पतालमा एक्लो डाक्टरका रुपमा ३ महिना


आफू हुर्किएको ठाउँ । आफ्नो गाउँ । माता पिताको थातथलोमा बसेर सेवा गर्न पाउँदा निकै भाग्यमानी ठानेको छु । दशैको दिन पनि दिनभरि सेवामै बित्यो । तिहार पनि । मलाई काम गर्दा यहाँ जस्तो आत्मियता र खुसी कहिँ पनि मिलेको थिएन ।

तीन महिनाको दौरानमा सैनामैना अस्पतालमा १ हजार ८ सय ४१ जना बिरामीमध्ये ५ सय ३१ जना कोरोनाका बिरामी उपचार भयो । जसमध्ये ४ सय ३२ जना निमोनियाले ग्रसित बिरामीको उपचार गरे । २ जनाको मृत्यु र अरु सबैको स्वस्थ्यलाभले निकै हौसला पनि दिएको छ । सैनामैना अस्पताल नेपाल सरकारको राम्रो उपचार र व्यस्थापन भएको अस्पताल मानिन्छ । आफै बिरामी भए के गर्ने ? परिवार बिरामी भए के गर्ने ? सबैतिर त्रास र निराशा थियो । तर, मलाई यो समयमा सेवा गर्नु धर्म अनि आफ्नो कर्म हो जस्तो लाग्यो ।

जब म मेरो गाउँको अवस्था बुझ्न अर्घाखाँची पुगेको थिएँ । हजुरआमा हजुरबुवाहरुको ख्याल गर्न अनि गाउँको स्थिति बुझ्न । गाउँमा बिरामीहरु धेरै हुनुहुन्थ्यो । अस्पताल जान गाह्रो अवस्था थियो । सबैलाई सक्नेलाई घरमै बोलाएर नसक्नेको घरमै गएर स्वस्थ्य सेवा दिदै थिएँ । ममीलाई ज्वरो आयो रे भन्ने खबरले सैनामैनामा आउँदा यहाँको अवस्था झन गम्भीर थियो । अस्पतालमा बेड थिएन्, भेन्टिलेटर नपाएर आफ्नै नजिकको भिनाजुको मृत्यु भयो ।

नगरपालिकामा १ जना मात्रै डाक्टर हुनुहुन्थ्यो । न अक्सिजनको व्यवस्था थियो । केवल आइसोलेसन मात्र थियो । आउने बितिकै अक्सिजन, मोनिटर, ट्युबहरुलगायत धेरै सामानहरुसहित राम्रो अस्पतालको व्यवस्थापन भयो । हेमराज दाइ स्वास्थ्य संयोजक हुनुहुन्थ्यो । २१ जना स्टाफ हुनुहुन्थ्यो, सबै आफ्नाहरु नै हुनुहुन्थ्यो । सबै मिलेर अस्पतालको राम्रो व्यवस्थापन ग¥यौं ।

सायद आफ्नो गाउँमा भएर होला, बिरामीहरु कहिले साथी, कहिले साथीको ममी, बुवा, कहिले बाबाको साथी, कहिले ममीको साथी नचिनेका सायदै हुनुहुन्थ्यो । कहिले अंकल बिरामी हुनुभयो रे, कहिले ठूलो बा, कहिले साथीको हजुरआमा । एक्लै हुँदा धेरैजसो डियुटीमै ब्यस्त भइन्थ्यो ।

बीचमा एकदिन हजुरआमा बिरामी भएर अर्घाखाँची जानु परेको थियो । अर्को एक दिन प्युठानमा स्वास्थ्य शिबिरको लागि । २ दिन परीक्षाको लागि बिदा लिएको थिएँ । त्यतिबेला पनि बिहान—साँझ सबै बिरामीलाई फोन गरेर सोध्थे । दैनिकी यस्तो थियो, बिहानै उठ्यो अस्पताल गयो वा अस्पतालमै उठ्यो । अस्पताल गयो, सबैलाई सोध्यो के छ कस्तो छ ? धेरैजसो दिउँसो कोरोना जाँच हुन्थ्यो । केही समय खाली भयो भने कसैलाई अस्पतालमा बेड चाहिने, कसैलाई रगत, कसैलाई प्लाज्मा र कसैलाई पैसा नपुगेर मिलाउनुपर्ने । जति सक्दो आफूले गर्दै थिए ।

बिरामीबाट यति धेरै माया र आत्मियता कहि कतै पाएको थिइनँ । कोही—कोही बिरामीहरु त रुदैँ—रुदैँ आएपनि जाँदा हाँसो र अनुहारमा असिमित माया बोकेर जानुहुन्थ्यो । केही बिरामी जाँदा खुसीका आँसु झार्थे । सकेजति आफै गर्थे । नसकेको साथीभाइ, दाइ—दिदी, सरहरुसँग सोधेर गर्थे । यहाँका सहकर्मीहरुको माया र ब्यवहारले निकै हौसला अनि उर्जा मिल्थ्यो ।

सामाजिक कामहरुमा पनि हामी तल्लिन नै थियौ । रगतको अभाव हुन नदिन, रक्तदान कार्यक्रम, प्लाज्मा अनि औषधि व्यस्थापन । डा. गोविन्द केसीको समर्थन, कृषि आन्दोलनमा ऐक्यवद्धता, सडक जनावरहरुको संरक्षण, फोहोरबाट मोहोर, न्यानो अभियान लगायतका धेरै कार्यक्रमहरु चलिरहेकै थिए । जसोतसो गरेर अलिअलि समय मिलाएर गर्न भ्याइएको थियो । उता पढाइ र बिरामीको चिन्ताले गर्दा त्यति धेरै प्रोजेक्टहरुमा ध्यान दिन मिलेको थिएन ।

अस्पतालमा कति दिन दिनभर त कति दिन रातभर नै बस्नु पथ्र्यो । कहिले समय मिल्यो भने दिन रात हामी देश बनाउने योजनामै बिताउथ्र्यौ । एमडीको इन्ट्रान्समा नाम निस्किएर पढाइका लागि जानुपर्ने भएको छ । ५ माघसम्म करारमा काम गरिरहँदा यहाँको माया र यादहरु सधैँ मनमा रहनेछ । नगरपालिकामा २ वटा प्रोजेक्टहरु सुरु हुँदै छन्—‘फोहोरबाट मोहोर’ र ‘हामी सक्षम छौं’ । जसका लागि सधै हाम्रो टिम तल्लीन रहेर कर्ममा लाग्नेछ ।

सम्पूर्ण नगरपालिकाका मेयर, कर्मचारी, हाकिम साबलगायत सबैमा अभार ब्यक्त गर्न चाहन्छु । कोरोना रोकथाम, खोप कार्यक्रममा हामी लगातार रुपमा लागि नै रहेका छौं । छिट्टै कोरोनाबाट मुक्त भएर एउटा पुरानै अवस्थामा काम गर्न मन छ । र, यो छिट्टै हुनेछ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ