२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारके हो आईएसओ ? प्रयोगशालामा गुणस्तर किन चाहिन्छ ?

के हो आईएसओ ? प्रयोगशालामा गुणस्तर किन चाहिन्छ ?


गुणस्तर मापनको सुरुवात सन् १९४७ जेनेभामा इन्टरनेशनल अर्गनाइजेसन फोर स्ट्याडराइजेसन संस्थाको परिकल्पनासँगै सुरु भएको हो । छोटकरीमा यसलाई ‘आईएसओ’ भनिन्छ । विश्वका १६२ देशहरु ‘आईएसओ’मा संलग्न छन् । आईएसओ हरेक एक विधामा समान गुणस्तर स्थापित गर्ने उद्देश्यले बनाइएको हो ।

अहिले संसारमा २५ हजारभन्दा बढी आईएसओ सक्रिय छन् । जेनेभामा भएको आईएसओले गुणस्तरका मापदण्डहरु तय गर्छ । यसले तय गरेको गुणस्तरका मापदण्डलाई संसारभरका अन्य सबैं आईएसओहरुले फ्लो गर्छन् । आखिर यो आईएसओ आवश्कयता किन प¥यो ? विश्वव्यापीकरणसँगै एक देशबाट अर्को देशमा ट्रेड हुन थाल्यो । एक देशबाट अर्को देशमा व्यापार सुरु भइसकेपछि त्यही गुणस्तर पाइन्छ कि पाइदैन् ? एउटै गुणस्तरको सामान हुनुपर्छ भनेर सम्झौताका लागि यो स्ट्यान्डर्ड बनाइएको हो । यो स्ट्यान्डर्ड पालना गरेपछि त्यही खालको गुणस्तरको सामान आयो भनेर आईएसओ सुरु भएको हो ।

आईएसओ सुरु भएपछि खाने कुरादेखि टेक्नोलोजीसम्म गुणस्तर कायम गर्न थालियो । आईएसओे सुरु भएको धेरैपछि स्वास्थ्य सेवा, ल्याबमा पनि गुणस्तर चाहिन्छ भन्ने कुरा बहस सुरु भयो । त्यसपछि सन् १९७७ मा इन्टरनेशनल ल्याब्रोटोरी एक्रिडिटेसन को—अपरेसन (आइल्याक) संस्था दर्ता गरियो । सन् १९७७ मा डेनमार्कमा यसको सुरुवात भएको हो । ट्रेडफेसिलेट गर्नको लागि, जाँचहरु स्वीकार गर्नका लागि एक्रिडिटेसन र क्यालिब्रेसन सुरु गरिएको हो ।

सन् १९९६ मा आइल्याक औपचारिक रुपमा एमआरए (म्युचियल रेकग्नेसन एग्रिमेन्ट) साइन गराइयो । आईएसओले स्ट्यान्डर्ड बनाइदियो र आइल्याकले त्यसको ५ वटा हाँगा बनायो । जसमा युरोप, अमेरिका, एसिया, अफ्रिका र अरबमा ५ वटा संस्था स्थापना भए । आईएसओले बनाएको स्ट्यान्डर्डलाई आइल्याकले कार्यन्वयन गर्ने हो । आइल्याकले क्यालिब्रेसन ल्याबहरु अनुगमन गरेर एक्रिडिटेसन गराउँछ । आईएसो १७०२५ अन्तर्गत प्रयोगशालाहरुको क्यालिब्रेसन गरिन्छ ।

एक्रिडिटेसन बडीका रुपमा क्यालिब्रेसन ल्याब आईएसओ १७०२५ हो । त्यसैगरी टेस्टीङ ल्याब्रोटोरिज पनि यसैले गर्ने गर्छ । मेडिकल टेस्टिङ ल्याब्रोटोरी आईएसओ १५१८९ हो, जसले ल्याबको गुणस्तर हेर्छ । प्रोफ्रिसियन्सी टेस्टिङ ल्याब्रोटोरी आईएसओ १७०४३ अन्तर्गत हुन्छ । प्रडक्टहरुको गुणस्तर जाँचका लागि रिफ्रेन्स म्याटरियल प्रोड्युसर आईएसओ १७०३४ एक्रिडिटेसन गर्नुपर्छ ।

एक्रिडिटेसन किन चाहियोभन्दा यो इन्डिपेन्डेट इभ्यालुएसन हो । आइल्याकअन्तर्गतका जुन ५ वटा संस्था छन् । जसमा युरोपमा ईए, एसिया प्यासिफिकमा एप्याक, अमेरिकामा आईएएसी, अफ्रिकामा एफआरएसी र अरबमा ए¥याक । तिनीहरुले विभिन्न देशमा आफूअन्तर्गतका बडीहरुमार्फत एक्रिडिटेसनलाई अनुगमन गरिरहेका हुन्छन् । आईएसओ १५१८९ ले प्रयोगशालाहरुले राम्रो काम गरिरहेको छ कि÷छैन भनेर अनुगमन गरिरहेको हुन्छ । एईआरएसएससीले अनुगमन गरिरहेको हुन्छ भने एईआरएसएससीले राम्रो काम गरिरहेको छ कि छैन भनेर १७०११ ले विदेशबाट अनुगमन गरिरहेको हुन्छ । आइल्याकले क्यालिब्रेसन, टेस्टिङ, मेडिकल टेस्टिङ, इन्स्पेक्सन, प्रोफिसिऐन्सी टेस्टिङ, रेफरेन्स मेटेरियल प्रोडक्सन मात्र यसले हेर्ने गर्छ । आईएएफले म्यानेजमेन्ट, प्रोडक्ट, सर्विस, हेर्न काम गर्दछ ।

नेपालमा एक्रिडिटेसनको इतिहास

सन् १९७६ मा नेपालमा न्यासनल इस्टिच्युट अफ स्ट्यान्डर्ड स्थापना भएको हो । जसलाई सन् १९८१ मा नेपाल ब्यूरो अफ स्ट्यान्डर्ड भनेर भनियो । त्यसपछि मेट्रोलोजी टेस्टिङ पनि राखिएको हुँदा नेपाल ब्यूरो अफ स्ट्यान्डर्ड एन्ड मेट्रोलोजी भनेर १९८८ मा स्थापना गरियो । यसले गुण्स्तरको कामहरु त गरिरहेको थियो । तर, जर्मनीमा रहेको पीटिभी भन्ने अर्गनाइजेसनले नेपालले कहिले पनि एक्रिडिटेसन गरेन भने उसको प्रोडक्ट बाहिर कहिले पनि नजाने भयो भनेर चासो व्यक्त ग¥यो । त्यसका लागि नेशनल इस्टिच्युट अफ जर्मनीले सन् २००७ देखि सन् २०११ सम्म नेपाललाई यसमा सहयोग ग¥यो । उसको उद्देश्य अन्तर्राष्ट्रिय मन्चमा नेपाली गुणस्तरलाई सर्वस्वीकार्य बनाउनका लागि नेपालमै पूर्वाधार विकास गर्नु थियो ।

सन् २०१० मा क्वालिटी काउन्सिल अफ इण्डियाका पूर्व अध्यक्ष प्रोफेसर गिरिधर ज्ञानीले नेपालमा औपचारिक ‘एक्रिडिटेसन वर्कसप’ गरे । ज्ञानीलाई ‘क्वालिटी म्यान अफ इण्डिया’ पनि भनिन्छ । उनले नेपाललाई एक्रिडिटेसन सिकाउनुपर्छ भनेर नेपालमा वर्कसप गराएका हुन् । उनले सन् २०१० को जुन २८ देखि ३० सम्म एफएनसिसीआईका ३० जना प्रतिनिधीहरुलाई एक्रिडिटेसनका बारेमा तालिम दिए ।

सन् २०१० नोभेम्बर ९ देखि १३ सम्म नेपालमा पहिलो पटक आईएसओ १५१८९ ल्याबका जनशक्तिलाई तालिम दिइएको थियो । त्यसपछि डा. सीताराम जोशीले सन् २०१२ मा ३ महिना घरमा एकान्त कोठामा बसेर सबै लेखेर आइल्याकअन्तर्गतको एप्याकको नेपाली बडीका लागि आवेदन दिए । एप्याकले सुरुमा नेपाललाई एफिलियट मेम्बरसीप दियो । र, एप्याकको नेपाली हाँगाका रुपमा ‘एईआरएसएससी’ स्थापना भयो । त्यसयता एईआरएसएससीले १५० जना नेपाली तथा विदेशी प्याथालोजिष्टहरुलाई स्वदेश तथा विदेशमा आईएसओ १५१८९ को तालिम दिइसकेको छ ।

नेपालमा एप्याकको हाँगाको रुपमा ‘एईआरएसएससी’ गठन भएपछि पहिलोपटक सम्यक डाइग्नोष्टिकले एक्रिडिटेसन मान्यता प्राप्त ग¥यो । एईआरएसएससी एप्याक र आइल्याकका मापदण्डहरुमा खरो उत्रिएपछि सन् २०१७ मा नेपाललाई एसोसियट सदस्यमा बढुवा गरियो । सन् २०२० को मार्च ७ एप्याकबाट मानिसहरु नेपालमा अनुगमन गर्न आए । एईआरएसएससीले राम्रो काम गरिरहेका छन् कि छैनन् भनेर उक्त अनुगमन गरिएको थियो । त्यसको १ वर्षपछि सन् २०२० फेब्रअरी २८ मा एईआरएसएससी अब आइल्याकको ‘एमआरए’मा पुग्यो । यो नेपालका लागि ठूलो सफलता थियो । नेपालको एईआरएसएससी सन् २०२१ फेब्रअरीमा आइल्याक एमआरए स्टाटसका साथ एप्याकको पूर्ण सदस्य भयो । यससँगै आइल्याकमा आवद्ध १३२ वटा देशमा नेपालमा एईआरएसएससी एमआरए स्टाटस पाएका ल्याबहरुको रिपोर्ट मान्यता पाउने भयो । दक्षिण एसियामा यो स्टाटस भारतले २००० नोभेम्बर २ मा लिएको थियो भने बंगलादेशले सन् २०२० मा लिएको थियो ।

तर, यहाँनेर बुझ्नुपर्ने के छ भने अहिले आइल्याकको एसियाली हाँगा एप्याक र त्यसको नेपाली सदस्यका रुपमा एईआरएसएससी सक्रिय छ । नेपाली प्रयोगशालाहरुलाई आईएसओ सर्टिफाइड र एक्रिडिटेसन गर्नका लागि एईआरएसएससीले नेपाली विङका रुपमा काम गरिरहेको छ । तर, कतिपय प्रयोगशालाहरुमा अहिले नेपालको एईआरएसएससीबाट एक्रिडिटेसन गराउनुको साटो भारतको एनएबीएलबाट गराउने क्रम छ । नेपाली प्रयोगशालाले स्वदेशी हाँगाबाटै एक्रिडिटेसन गराएर बलियो बनाउँदा ल्याब्रोटोरी एक्रिडिटेसनमा परनिर्भरता अन्त्य गर्न सकिन्छ ।

(प्याथालोजिष्ट डा. गौतम नेपालको पहिलो आईएसओ प्रमाणित सम्यक डाइग्नोष्टिकका अध्यक्ष हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ