२०८२ फागुन १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशखेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग

खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग


वीरेन्द्रनगर -नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी(साम्बा)लाई उपचारका आर्थिक सहयोग गरेको छ । ट्राफिक प्रहरीमा कार्यरतहरुले ब्यक्ति रुपमा उठाएर ५० हजार आर्थिक सहयोग गरेको हो ।

प्रदेशभर कार्यरत एक सय १७ जना ट्राफिक प्रहरीले आफूखुसी आर्थिक सहयोग गरेको कर्णाली प्रदेशका कार्यालय प्रमुख प्रहरी उपरिक्षक एसपी मुकुन्द प्रसाद रिजालले बताए ।

राष्ट्रका नाम उच्च बनाउन निर्वाध सङ्घर्षको मैदानमा पसिना बगाउँदै आउनुभएका कप्तान साम्बाको स्वास्थ्य उपचारमा सानो भए पनि सहयोग पुगोस् भन्ने ध्येयले सहयोग गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

‘हामीले आफूले सक्ने थोरै रकम सहयोग गरेका छौं,’ उनले भने, ‘सबैको धेरथोरै सहयोग उहाँकै बैकिङ् क्युआरमा पठाएका छौं ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ