२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्स तनुजा रहस्यमय मृत्यु प्रकरण नयाँ माेडमा: एक पुरुष पक्राउ

नर्स तनुजा रहस्यमय मृत्यु प्रकरण नयाँ माेडमा: एक पुरुष पक्राउ


विराटनगर–मोरङ उर्लाबारी घर भइ तेह्रथुमको मेन्छयायेम गाउँपालिकाको स्वास्थ्य केन्द्रमा विगत दुई वर्षदेखि कार्यरत रहेकी २४ वर्षीया नर्स(अनमी) तनुजा कार्कीको रहस्यमय मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले नुवाकोटको तारकेश्वर गाउँपालिका ६ का ३७ वर्षीय खम्बसिंह तामाङलाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । पक्राउ परेका तामाङलाई जिल्ला अदालत तेह्रथुममा अपहरण, शरीर बन्धक तथा आत्महत्या दुरुत्साहनमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका तामाङ कार्कीसँग रिलेसनसीपमा रहेका थिए । कार्कीको तेह्रथुम सदरमुकाम म्याङलुङ बसपार्क नजिक नरबहादुर खत्रीको सन्तोषी होटलको कोठा भित्र गत १३ जेठमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । १२ जेठमा इदको सार्वजनिक विदा भएपछि तनुजा मेन्छयेयामबाट तामाङको मोटसाइकलमा चढेर म्याङलुङ गएकी थिइन् ।

१३ जेठमा बिहान दुवैलेसँगै खाना खाएर तामाङ काममा गएको र कार्की कोठामा नै रहेकी थिइन् । साझ ४ बजे तामाङ आएपछि उनले ढोका नखोलेपछि झ्यालबाट हेर्दा सलको पासो लगाएर झुण्डिएको अवस्था शव फेला परेको थियो । पक्राउ परेका तामाङ विवाहित हुन् भने मृतक कार्की अविवाहित हुन् । तामाङ ठेक्दार हुन् । उनले मेन्छयायेम गाउँपालिकाको स्वास्थ्य चौकीको भवन निर्माणमा ठेक्का लिएका थिए ।

कारवाहीको माग
मृतकका आफन्तले तनुजाका रहस्मय मृत्यु भएको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । कार्कीको रहस्यमय मृत्युमा तामाङको संलग्न रहेको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्म कार्वाही गर्न मृतकका दाजु रोविन कार्कीले बताए । तामाङले मृतकलाई लामो समयदेखि मानसिक तनाब पनि दिदै आएको परिवारको भनाइ छ ।

गत माघमा केही दिनको छुट्टीमा उर्लाबारी घर आउँदा भने त्यहाँ काम गर्न धेरै गाह्रो भएको भन्दै रोएकी थिइन् । तर,परिवारले लामो समय घर परिवारमा बसेर हुर्केकाले बिरानो ठाउँमा जागिर खान जाँदा न्यास्रोले त्यसो भनेकी होलिन् भन्दै सहज तरिकाले लिएको थियो ।
अहिले अप्रत्यासित रूपमा उनले आत्महत्या गरेको खबर आएपछि मृतकका परिवारले दिएको जाहेरी अनुसार प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तनुजा, #तामांङ, #नर्स, #प्रहरी निरीक्षक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ