गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाबाट चिनियाँ व्यापारीसहित २ जनाको मृत्यु कोरोनाबाट चिनियाँ व्यापारीसहित २ जनाको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ साउन ७ गते, १६:४२ मा प्रकाशित काठमाडौं—कोरोना संक्रमणबाट चिनियाँ व्यापारीसहित २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा १ वर्षदेखि पोखरामा व्यापार गरेर बसिरहेकी ४९ वर्षीया चिनियाँ महिलाको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । मिर्गौला तथा मुटुमा समस्या भएर पोखरामा मणिपाल अस्पतालमा भर्ना भएर थप उपचारका लागि २ साउनमा उनलाई काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याइएको थियो । सो अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । शिक्षणमा उपचारकै क्रममा उनको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै, खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएर २ साउनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भार्न भएका धनुषाको जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । भेन्टिलेटरमा राखेर सघन उपचार भैरहेका बेला ६ साउनमा उनको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । उनको मृत्यु कारणका पनि कोरोना नै रहेको मन्त्रालयले पुष्टि गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा