२०८२ असोज २, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ५६१ सहित थप १३४३ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ५६१ सहित थप १३४३ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकाका ५ सय ६१ सहित थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।

यस्तै, एकैदिनमा २ हजार १ सय ११ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म १ हजार ५ सय ५१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा ९ हजार २ सय ८९ वटा पीसीआर परीक्षण गरिएको छ । यस्तै, हाल मुलुकभर गरेर ३ सय ८८ जना आइसीयुमा र ६५ जना भेन्टिलेटरमा उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ