२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा

नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा


काठमाडौं—नेपाल नर्सिङ परिषद्ले नर्सिङ लाइसेन्स परीक्षा २४ कात्तिकमा लिने भएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै परिषद्ले नर्सिङ लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको हो ।

पिसीएल नर्सिङ र वीएस्सी नर्सिङ उत्तीर्ण गरेकोले लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । साथै, यसै पटक काउन्सिलले ब्याचलर अफ मिडवाइफरी साइन्स पास गरेको उम्मेदवारको पनि लाइसेन्स परीक्षामा लिने भएको छ ।

लाइसेन्स परीक्षाका लागि अनलाइन फारम बुझाउने मिति १ माघदेखि १ फागुनसम्म तोकिएको छ । अनलाइनमा दोब्बर दस्तुर तिरेर २ फागुनदेखि ८ फागुनसम्म आवेदन भर्न पाइनेछ । परीक्षा भने २४ फागुन शनिबार हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ