२०८२ असोज २, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४६ दिनपछि वीर अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच ५ बुँदे सम्झौता

४६ दिनपछि वीर अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच ५ बुँदे सम्झौता


काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र आन्दोलनरत कर्मचारीबीच ५ बुँदे सम्झौता भएको छ । बिहीबार ४६ दिनदेखि विभिन्न माग राखेर आन्दोलनरत कर्मचारी र वीर अस्पताल प्रशासनबीच ५ बुँदे सम्झौता भएको हो ।

कर्मचारीहरुले कोभिड भत्ता, कोभिड बिमा, सेवा सुविधाका विषयलाई लिएर आन्दोलनरत थिए ।  वार्तापछि कोभिड भत्ता विररणमा देखिएका त्रुटीका सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षका प्रतिनिधिको समिति बनाएर वितरण गर्ने सम्झौता भएको छ ।

यस्तै, कर्मचारीले पाउने औषधि खरिद खर्च कार्यकारी परिषद्बाट निर्णय गरी ७ दिनभित्र उपलब्ध गराउने र ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति भएको छ ।

त्यसैगरी कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउन र सर्वोच्च अदालतको फैसला बमोजिम ट्रमा सेन्टरलाई न्याम्स अन्तर्गत रहने गरी भएको निर्णयलाई कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्नेलगायतका सम्झौता भएका छन् ।

यस्तै आन्दोलनरत पक्षले बिहीबारदेखि अताला खोलेर ६ हप्तासम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति पत्रमा उल्लेख छ ।

वार्ता टोलीमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तर्फबाट उपकुलपति प्रा.डा. देवनारायण साह, वार्ता समिति संयोजक प्रा. प्रमिला देवान, वार्ता समिति उप—संयोजक डा. केदार सेन्चुरी, सदस्यहरु प्रा. डा. सुवोधकुमार अधिकारी, प्रा. डा. पियुष दाहाल, स.प्रा.डा. सन्तोष पौडेल, देवहरी गौतम, दिपक घिमिरे सहभागी थिए ।

यस्तै, आन्दोलनरत कर्मचारी संयुक्त संघर्ष समितिको तर्फबाट संयोजक स.प्रा.डा. ऋषिकान्त अर्याल, सहसंयोजक खुवराज आचार्य, सह संयोजक बैकुण्ठप्रसाद लुइँटेल, सह संयोजक एकनाथ तिमल्सिना, सचिव नवराज धिताल, सदस्यहरु टिकाराम पनेरु, शारदा अर्याल, इन्द्र अर्याल, श्याम देउलाको सहभागिता थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ