२०८२ असोज ३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३ जना संक्रमितको मृत्यु, २२१ संक्रमित आइसीयु र भेन्टिलेटरमा

थप ३ जना संक्रमितको मृत्यु, २२१ संक्रमित आइसीयु र भेन्टिलेटरमा


काठमाडौं—नेपालमा ३८ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबार देशभरका विभिन्न अस्पतालहरुमा ३८ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २१ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ७ जना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर १ सय ८३ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ६२  जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ३७ जना, १ नं. प्रदेशमा ४ जना, सुदूरपश्चिम प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ९ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १ हजार ३ सय ८९ जना संक्रमित होमआइसोलेशनमा रहेका छन्।

थप ३ जना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १ हजार ९ सय १२ जना संक्रमितको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ