२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सअनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा

अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा


हामी हाम्रो अनुहारको सौन्दर्य कायम राख्न वा चम्किलो अनुहार प्राप्त गर्न धेरै प्रयास गर्छौँ । धेरै प्रकारका ब्युटी प्रोडक्टको प्रयोगबाट हामीले धेरै यस्ता उपाय अपनाउने गर्छौँ जसको प्रयोग गरेर हामीले चम्किलो छाला पाउन सक्छौँ । तर बदलिँदो  जीवनशैली र बाहिरको बढ्दो प्रदूषणका कारण हाम्रो छालालाई असर परिरहेको छ ।

छालाको रेखदेख गर्न उपयुक्त ४ कुरा 

१. तुलसी
तुलसी, एक यस्तो बिरुवा हो, जुन धेरै औषधीय गुणले भरिपूर्ण छ । यसले हामीलाई धेरै रोगबाट टाढा राख्न मद्दत गर्छ । यसको सेवनले हामीलाई स्वस्थ रहन धेरै मद्दत मिल्छ । यसका साथै यसले हाम्रो छालाको सौन्दर्य कायम राख्न पनि धेरै मद्दत गर्छ । तुलसीलाई अनुहारको चाउरी, अनुहारको दागजस्ता समस्या हटाउन निकै उपयोगी मानिन्छ । यसको लागि हामीले तुलसीको पातको सेवन गर्नुपर्छ, जसले गर्दा हाम्रो छालामा फेरि चमक आउँछ ।

२. बेसार
बेसारमा यस्ता धेरै तत्त्व पाइन्छन्, जुन हाम्रो छालाको लागि निकै फाइदाजनक हुन्छ । हृदयघातको जोखिम कम गर्न, मधुमेह रोगीहरूका लागि, अल्जाइमरको अवस्था निको पार्ने जस्ता धेरै चीजहरूको लागि बेसार धेरै राम्रो मानिन्छ । यसका साथसाथै बेसार हाम्रो अनुहारका लागि पनि निकै फाइदाजनक हुन्छ । बेसारको पेस्ट लगाउनाले अनुहारको धेरै समस्याहरू हटाउन सकिन्छ । यसमा पाइने कर्क्युमिन एन्टी एजिङ गुण हाम्रो छालाको लागि निकै लाभदायक हुन्छ ।

३. अमला
जब अमलाको कुरा आउँछ, तब हाम्रो ध्यानमा यस्ता धेरै फाइदाहरू आउँछन् जुन हाम्रो शरीरले यसको सेवनबाट प्राप्त गर्न सक्छ । अमलामा धेरै एन्टिअक्सिडेन्ट गुणहरू छन्, जसले हामीलाई धेरै फाइदाहरू दिन सक्छ । अमलाको सेवनले आँखाको ज्योति बढ्छ । साथै यसमा पाइने भिटामिन–सी र एन्टिअक्सिडेन्टले अमलालाई उत्कृष्ट जडीबुटी बनाउँछ । यसको सेवन गर्नाले हाम्रो छालालाई धेरै फाइदा हुन्छ र साथै अनुहारमा भएको पिम्पलबाट पनि धेरै राहत मिल्छ ।

४. अश्वगन्धा
अश्वगन्धाले हाम्रो छालालाई धेरै फाइदा दिने काम गर्छ । यसमा धेरै यस्ता एन्टि–स्ट्रेस गुणहरू छन् जसले हामीलाई तनावबाट मुक्ति दिन्छ । अश्वगन्धा हाम्रो छाला र कपालको लागि कुनै जडीबुटी भन्दा कम छैन । यसमा धेरै एन्टिअक्सिडेन्ट गुणहरू छन् जसले छालालाई धेरै फाइदा दिन र फ्री रेडिकलबाट बचाउन मद्दत गर्दछ । त्यसैले अश्वगन्धाको सेवन गर्न सल्लाह दिइन्छ ।

नोट: यो सल्लाह तपाईँलाई सामान्य जानकारी प्रदान गर्नको लागि मात्र दिइएको हो । तपाईँले कुनै पनि चीज उपभोग गर्नु वा कुनै पनि घरेलु उपचार लिनु अघि आफ्नो डाक्टर वा विशेषज्ञसँग परामर्श गर्नुपर्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ