२०८२ कात्तिक २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना त्रास : स्वास्थ्य मन्त्रालयद्वारा भिडभाड हुने कार्य नगर्न आग्रह

कोरोना त्रास : स्वास्थ्य मन्त्रालयद्वारा भिडभाड हुने कार्य नगर्न आग्रह


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को जोखिम बढेको भन्दै भिडभाड हुने कार्य नगर्न भनेको छ । आइतबार मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक विज्ञप्ति जारी गर्दै भिडभाड हुने कार्य नगर्न आग्रह गरेका हुन् ।

मन्त्रालयले पछिल्ला केही दिनमा विश्वका विभिन्न देशहरु र खासगरी छिमेकी देशहरुमा कोभिड—१९ को संक्रमण बढ्दो क्रममा रहेको भन्दैं भिडभाडजन्य काम नगर्न र जनस्वास्थ्यका मापदण्ड अनुशरण गर्न आग्रह गरेको हो ।

‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्नु हुन र सामाजिक भौतिक दूरी, मास्कको अनिवार्य उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोगलगायत यस मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्ड समेत पालना गरी कोभिड—१९ को संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा अनुरोध छ,’ प्रवक्ता डा. गौतमद्वारा जारी विज्ञप्तिमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ