२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ?

कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ?


मुख स्वास्थका बारेमा अझै पनि हाम्रो समाजमा खुलेर कुरा गर्दैनन् । तर, शरीरको अरु भागमा भएको समस्याबारे कुरा गर्ने गर्छन् । विगत केही समययता सहरी क्षेत्रमा अलि जनचेतना भएपनि ग्रामीण भेगतिर अहिले पनि परिस्थिति बेग्लै छ ।

अस्वस्थ मुखले पूरै शरीरको स्वास्थ्य बिग्रन सक्छ । अतः मुखको स्वास्थका बारेमा जान्नैपर्ने केही कुराहरुको बारेमा तल चर्चा गरिएको छ ।

मुख/दाँतमा समस्या आउने कारण

  • ब्रस गर्ने तरिका र समय नमिल्नु
  • अत्याधिक गुलियो पदार्थको सेवन गर्नु
  • धुम्रपान, चुरोट, खैनी र गुट्खाको सेवन गर्नु
  • शरीरमा भएको अन्य रोग जस्तैः डायबिटिज

मुख स्वास्थ्यमा आउने समस्याहरु

हाम्रो मुखमा प्रायः ब्रोक्यारिया, थायरस र फङ्गसहरु थुप्रिएर धेरै समस्याहरु आउँछन् ।

  • गिजा सुनिने, दुख्ने र रगत आउने ।
  • दाँत दुख्ने ।
  • पानी खाँदा दाँत सिरिङ हुने ।
  • गाला, जिब्रो, गिजामा सेतो/रातो घाउ देखिने ।
  • श्वास गन्हाउने, मुख सुख्खा हुने ।
  • चोटपटक लागेर दाँत, गिजामा असर पर्ने ।

मुख स्वास्थ्यको हेरचाह

बच्चाहरुको मुख समस्याको हेरचाह

१. बच्चा जन्मेर दुध खुवाउने बेलामा नै गिजा भिजेको कपासले राम्रोसँग सफा गर्ने ।
२. ६ महिनाबाट ३ वर्षसम्म आमा आफैले दाँत/गिजा सफा गरिदिने र बच्चालाई ब्रस गर्ने बानी बसाल्ने ।
३. जंक फुडबाट टाढा राख्ने ।
४. समय–समयमा बच्चाहरुको मुख, दाँतको परीक्षण गर्ने र ६–६ महिनामा डेन्टिसकोमा चेकअप गराउने ।
५. दाँतमा किरा लागेमा, दुःखेमा, गिजा सुन्निएमा र दाँत हल्लिएको खण्डमा डेन्टिसको सल्लाह लिने ।

युवा आवस्थामा मुख स्वास्थ्यको हेरचाह
१.युवा अवस्थामा प्राय चुरोट, गुट्खा र खैनी आदिको लत लाग्ने डर भएका कारण यसको बेफाइदाबारे जानकारी गराउने ।
२. दिनको २ पटक २ मिनेटसम्म खानापछि टुथपेस्टले मुख सफा गर्ने ।
३. जंक फुड सकेसम्म नखाने ।
४. सकेसम्म वर्षमा एक पटक वा दुई पटक दाँत डेन्टिसलाई देखाउने ।
५. किरा लागेर दाँत दुःखेको, गिजाबाट निरन्तर रगत बगेको र मुखमा घाउ खटिरा निको नभएको अवस्थामा बेवास्ता नगर्ने । समयमै मुखको चेकअप गराउने ।

गर्भवती अवस्थामा मुखको स्वास्थको हेरचाह
१. ग्रामीण भेगमा गर्भवती अवस्थामा प्रायः मुख/दाँत सफा नगर्ने प्रचलन छ । त्यस कारण गर्भवती अवस्थामा प्रायः महिलाहरुमा गिजाबाट रगत बग्ने, दाँतमा किरा लाग्ने र श्वास गन्हाउने समस्या आउँछ । अतः यसको हेरचाह आवश्यक हुन्छ ।
२. गर्भवती अवस्थामा पोषिलो खाने कुरा खाने ।
३. दिनमा २–३ पटक दाँत ब्रस गर्ने ।
४. गर्भवती अवस्थामा हर्मोनको प्रभावले गिजाबाट रगत बग्ने हुन सक्छ । यो समस्या धेरै समयसम्म भए डेन्टिसलाई सम्पर्क गर्ने ।
५. सकभर हेल्दी खानेकुरा खाने
६. प्रशस्त पानी पिउने ।
७. समय मिलाएर २–३ महिनामा डेन्टिससँग मुख स्वास्थको चेक–जाँच गर्ने ।

मुख स्वस्थ राख्ने टिप्स

  • दिनमा दुई पटक दुई मिनेटसम्म खानापछि ब्रस गर्ने ।
  • ब्रस गर्दा फ्लोन्डेट टुथपेस्ट र नरम ब्रसको प्रयोग गर्ने ।
  • दाँतको हरेक भाग र जिब्रो पनि सफा गर्ने ।
  • दाँत ब्रस गरिसकेपछि दाँतको बीचको भागमा राम्ररी फल्स गर्ने । यसो गर्दा दाँतमा फसेको खानेकुरा निस्किन्छ र किरा लाग्दैन् ।
  • खाना खाइसकेपछि ब्रसले मुख कुल्ला गर्ने ।
  • मुख/दाँतमा कुनै समस्या आएमा आफू खुसी औषधि प्रयोग नगर्ने । डाक्टरसँग चेकअप गराएर उचित परामर्श लिने र औषधी प्रयोग गर्ने ।
  • समस्या नभएपनि वर्षको २ पटक डाक्टरसँग मुखको चेकअप गराउने ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ