२०८२ असोज ५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् नेपालका ‘ए’ क्याटागोरीका १७ वटा ल्याब, देशभर ४२९ प्रयोगशाला

यी हुन् नेपालका ‘ए’ क्याटागोरीका १७ वटा ल्याब, देशभर ४२९ प्रयोगशाला


काठमाडौं—अहिले नेपालमा जताततै प्रयोगशाला र डाइग्नोष्टिक सेन्टरहरुको बोलवाला छ । प्रयोगशाला र डाइग्नोष्टिक सेन्टरको नियांमक निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) विभिन्न चार ग्रेडमा प्रयोगशाला र डाइग्नोष्टिक सेन्टर वर्गीकरण गरेको छ ।

ल्याब र डाइग्नोष्टिक सेन्टरको वर्गीकरण गुणस्तर, जनशक्तिलगायतका मापदण्डका आधारमा हुन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताकाअनुसार उपकरण, भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको एक्सेसलाई आधार मानेर यसको वर्गीकरण गरिन्छ ।

एनपीएचएले हरेक वर्ष प्रयोगशाला र डाइग्नोष्टिक सेन्टरले नवीकरण गर्दा अनुगमन गर्छ । यदि अनुगमनका क्रममा ग्रेडअनुसारको मापदण्ड बमोजिमको नपाइएमा त्यसको घटुवा पनि हुन्छ । हालैमात्र एक वटा एक ग्रेड ल्याबलाई बी ग्रेडको ल्याबमा घटुवा गरिएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।

यस्ता ल्याबहरुमा विभिन्न परीक्षण गरिन्छ । सानादेखि ठूला परीक्षणका लागि खोलिएका ल्याबहरु नेपालमा ४२९ वटा छन् । जसमध्ये नेपालमा ए ग्रेडका ल्याबहरुको संख्या भने १७ वटा छ । यस्तै, बी ग्रेडका ल्याबको संख्या ५० रहेको जनस्वास्थ्य प्रयोगशालाको तथ्यांकमा छ । सी ग्रेडको प्रयोगशालाको संख्या २२३ रहेको छ । डी ग्रेडका १३९ वटा प्रयोगशाला रहेका छन् ।

नेपालमा ‘ए’ ग्रेडका ल्याब

१. नेपाल मेडिसिटी, भैसेपाटी
२. नेशनल रिफ्ररेन्स ल्याब प्रा.लि., नयाँ बानेश्वर
३. मंगलम डाइग्नोष्टिक सेन्टर प्रा.लि., वीरगन्ज
४. लाइफकेयर डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर, पोखरा
५. सेन्ट्रल डाइग्नोटिक ल्याब्रोटोरिज एण्ड रिसर्च सेन्टर प्रा.लि., कमलपोखरी
६. नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि., बुटवल
७. मेडी क्वेस्ट ल्याब्रोटोरी क्लिनिक, जावलाखेल
८. नयाँ ल्याब नयाँ प्थालोजी प्रा.लि., विराटनगर
९. युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स एण्ड रिसर्च प्रा.लि., भैरहवा
१०. बी—स्योर पाथ ल्याब एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि. विराटनगर
११. मोर्डन डाइग्नोष्टिक सेन्टर प्रा.लि., महाराजगन्ज
१२. अल्फा हेल्थकेयर एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि. विजुलीबजार
१३. सिद्धी पोली प्याथ ल्याब, चारखाल काठमाडौं
१४. स्टार हस्पिटल प्रा.लि., सानेपा
१५. विध ल्याब प्रा.लि., कुपण्डोल
१६. क्राइस्टल डाइग्नोष्टिक प्रा.लि., सिनामंगल
१७. मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि. स्वयम्भु


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ