अमेरिकाको फाइजर कम्पनीले निर्माण गरेको कोभिड खोप ५ देखि ११ वर्षका बालबालिकाका लागि सुरक्षित र प्रभावकारी रहेको बताइएको छ । कम्पनीले सोमबार सो कुराको दावी गरेको हो।
फाइजरले चाडै सो उमेर वर्गका लागि अमेरिकी प्राधिकरणबाट स्विकृती मिल्ने जनाएको छ। कम्पनीको अनुसार फाइजर अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए), यूरोपीय औषधी एजेन्सी (ईएमए) र अन्य नियामकलाई छिटोभन्दा छिटो तथ्यांक प्रस्तुत गर्नेछ।
खोप लगाइएको १६ देखि २५ वर्षको उमेर समुहको तुलनामा बालबालिकामा झनै बलियो प्रतिरोधी असर देखिएको कम्पनीको दावी छ ।
वैज्ञानिकका अनुसार खोपमा दश ग्राम डोज दिइएको छ। जुन बालबालिका र वयस्कलाई दिने डोजको एक तिहाइ हुन् आउछ। खोपको मात्रा बढी दिँदा बच्चामा ज्वरो, ठाउको दुख्ने, थकान आदि साइड इफेक्ट देखिन सकिने अनुमान गरिएको छ।
२ वर्षदेखि ५ वर्ष र ६महिना देखि २ वर्षको बालबालिकामा पनि परीक्षण गर्ने फाइजरको तयारी छ।
–एजेन्सी