काठमाडाैं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्र स्नातोकउत्तर(पिजी)काे एकिकृत प्रवेश परीक्षामा परीक्षा अगावै प्रश्न पत्र बाहिरिएको भन्दै आएका समचारहरुको खण्डन गरेको छ । आयोगले आइतवार विज्ञप्ती जारी गर्दै शनिबार र आइतबार संचालन भएका परीक्षा मर्यादित र व्यवस्थित रुपमा सम्पन्न भएको जनाएको छ ।
आयोगले परीक्षाको पुर्व सन्ध्यामा केही सामाजिक सञ्जाल र संचार माध्यमबाट प्रश्नपत्र बाहिरिएको हल्ला नियोजित भएको ठहर गरेको छ । ‘केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायत तथ्यहिन र भ्रामक प्रचारप्रसार भएकोमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ, ‘विज्ञप्तिमा भनिएको छ, ‘यसरी भ्रामक विषय सञ्चार गर्ने प्रती आयोग आफै र केन्द्रिय अनुसन्धान व्यूरोले व्यवस्थित रुपमा अनुसन्धानमा संलग्न भइरहेको छ ।’
आयोगका सदस्य सचिव डा भोजराज काफ्लेद्धरा जारी विज्ञप्तीमा आइतबार परिक्षामा अमर्यादित रुपमा प्रस्तुत भएका तीनजनालाई पक्राउ गरी केन्द्रिय अनुसन्धान व्यूरोले अनुसन्धान सुरु गरीसकेको समेत उल्लेख गरेकाे छ ।
प्रश्नपत्र गाेपनियता र व्यवस्थापनमा सुरक्षा मापदण्ड पुर्णरुपमा पालना गरीएको भन्दै परीक्षा जस्तो संवेदनसिल विषयवस्तुमा भ्रामक सुचना संप्रेसण नगर्न समेत अनुरोध गरेको छ । साथै सोमवार हुने परिक्षा नियमित नै हुने पनि उल्लेख गरेको छ ।
