२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सगर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान

गर्भनिरोधक चक्की प्रयोग गर्दा यी कुरामा दिनुहोस् ध्यान


अनिच्छित गर्भबाट बच्न महिलाहरु गर्भनिरोधक चक्की सेवन गर्छन । कतिपय महिलाहरु यस्ता छन जसले लामो समयसम्म यस्ता चक्की खाइरहन्छन । यसो गर्दा उनीहरुलाई स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या हुन सक्छ ।

एक अध्ययनका अनुसार गर्भनिरोधक चक्कीको अत्याधिक सेवनले महिलाको भावनालाई नष्ट गर्न सक्छ र उनीहरु भावनाविहीन हुन सक्छन । यति मात्र होइन, लगातार गर्भनिरोधक चक्की सेवन गर्दा मृत्यु पनि हुनसक्छ । तसर्थ, जब तपाइँ यी चक्कीहरू खानुहुन्छ, डाक्टरको सल्लाहमा मात्र लिने गर्नुहोला ।

जानौं यसको साइड इफेक्ट र केही महत्त्वपूर्ण कुराहरू…

हर्मोन चक्र बिग्रन सक्छ
त्यस्ता गर्भनिरोधक चक्कीहरू, जुन मुखबाट लिइन्छ, भनेको मौखिक गर्भनिरोधक चक्कीहरू हार्मोनमा आधारित हुन्छन् । यदि डाक्टरको सल्लाह बिना नै यसको सेवन गरियो भने यसले सम्पूर्ण शरीरको हर्मोन साइकलमा बाधा पु¥याउन सक्छ र गम्भीर समस्या निम्त्याउन सक्छ ।

जन्म नियन्त्रण चक्की घातक हुन सक्छ
केही गर्भनिरोधक चक्कीहरू संयोजन चक्की हुन, तिनीहरूको उपभोग घातक हुन सक्छ । यसको प्रयोगले रगत जम्ने, गहिरो नसा थ्रोम्बोसिस, फोक्सोमा क्लट बन्ने, स्ट्रोक वा हृदयघातको जोखिम बढाउन सक्छ । यति मात्र होइन, गर्भनिरोधक चक्कीको सेवनले उच्च रक्तचाप, क्यान्सर नहुने कलेजोको ट्युमर र केही प्रकारको क्यान्सर पनि हुन सक्छ । गर्भनिरोधक चक्की खाएपछि कतिपय महिलाहरूले गम्भीर टाउको दुख्ने वा माइग्रेनको समस्या पनि हुनसक्छ । त्यसैले चिकित्सकको सल्लाहबिना यस्ता चक्की खानु हुँदैन ।

यी महिलाहरूले गर्भनिरोधक चक्की कहिल्यै प्रयोग गर्नु हुँदैन
-गर्भावस्थामा गर्भनिरोधक चक्कीहरू प्रयोग नगर्नुहोस्
-४० वर्ष वा सोभन्दा बढी उमेरका महिलाहरू
-धुम्रपान, रक्सी पिउने वा कुनै किसिमको मादक पदार्थ सेवन गर्ने महिला
-अधिक तौल वा मोटो भएका महिलाहरू
-अन्य कुनै औषधि सेवन गरेका महिला

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ