नेपाल औषधी उत्पादक संघ (एपोन)ले ५०० एमजीको पारा सिटामोलको उत्पान नरोकिने जनाएको छ । नेपाल सरकारले ६५० एमजिको औषधी उत्पादन अनुमती दिएसंगै टिकाटिप्पणी सुरु भएको थियो ।
टिकाटिप्पणी आएसंगै एपोनले ६५० एमजीको उत्पादन संगै ५०० एमजीको पारासिटामोल पनि निरन्तर उत्पादन हुने विज्ञप्ती मार्फत उल्लेख गरेको छ । साथै ६५० एमजीको पारासिटामोल दर्ता गर्न अनुमति दिने औषधि सल्लाहकार समितिको निर्णयको स्वागत समेत गरेको छ ।
एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डे र महासचिव विप्लव अधिकारीद्धारा जारी विज्ञप्तीमा सल्लाहकार समितिको निर्णय विश्वव्यापी मान्यता प्राप्त फर्माकोपिया तथा युएसएफडीएमा प्रकाशित भइसकेको र नेपालले पनि उक्त फर्माकोपियालाई मान्यता दिईसकेको अवस्था भन्दै अनावश्यक शंका नगर्न आग्रह गरेको छ ।
‘अहिले कतिपयले पारासिटामोल ५०० एमजी लाई बिस्थापित गरि ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपुर्ण अभिब्यक्तिहरु देखिएको छ । त्यसो होईन, ५०० एमजी को उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नको लागी अनुमति प्रदान हो । त्यसैले बजारमा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने छ,’ विज्ञप्तीमा भनिएको छ ।
एपोनले कोभिडको समयमा समेत नेपाल तथा बिभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले पारासिटामोलको ६५० एमजी मात्र नभई १००० एमजी सम्मको डोज समेत आवश्यकताका अनुसार प्रयोगका लागि सिफारिस गरेको दावी गरेको छ ।
गत १० चैतमा बसेको औषधि सल्लाहकार समितिको बैठकले विभागलाई ६५० एमजीको पारासिटामोल दर्ता गर्न निर्णय गरेको थियो ।
