गृहपृष्ठ ∕ समाचार ∕ दशैं तिहारमा गर्भवती महिलाको हेरचाह र खानपिनमा कसरी ध्यान दिने ? दशैं तिहारमा गर्भवती महिलाको हेरचाह र खानपिनमा कसरी ध्यान दिने ? हेल्थ आवाज शनिबार, २०७६ असोज १८ गते, ११:५४ मा प्रकाशित डा. किर्तिपाल सुवेदी प्रसुतीगृह थापाथली –दशैं तिहारको समयमा धेरैले लामो दुरीको यात्रा गर्छन् । तर, गर्भवती महिलाको स्वास्थ्यका लागि लामो दुरीको यात्रा राम्रो हुँदैन । त्यसैले यात्रा गर्दा विशेष साबधानी अपनाउनुपर्छ । कच्ची बाटोको यात्रा गर्दा पेटमा भएको बच्चालाई सिधा असर गर्छ । –टिका लगाउन जाँदा डेलिभरी हुनसक्छ । अथवा रगत बग्ने, प्रेशर बढ्ने जस्ता अन्य समस्या समेत आउन सक्छ । त्यसैले यस्तो अवस्थामा आाफुले यात्रा गर्ने स्थान नजिक स्वास्थ्य संस्था भए÷नभएको राम्रोसँग बुझ्नुपर्छ । – गर्भवती महिलालाई सामान्य अवस्थामाभन्दा बढी आरामको आवश्यकता पर्छ । लामो समयसम्म उभिने वा बस्ने गर्नु हुँदैन । – गर्भवती महिलाले धूमपान र मद्यपान गर्दा गर्भको बच्चाको शारिरीक तथा मानसिक विकासमा अवरोध आउँछ । त्यसैले एक पटक मात्र हो भनेर पनि गर्भवती महिलाले धुमपान मद्यपान गर्नुहुँदैन । के खाने, के नखाने ? – सामान्य अवस्थामा जस्तै चाडपर्वको समयमा पनि गर्भवती महिलाले दहि दूध, माछामासु, सागसब्जी जस्ता खानेकुरा पर्याप्त खानुपर्छ –चिल्लो, बोसोयुक्त र मसलेदार माछामासु धेरै खानु हुँदैन । पोलेको मासु नखानु नै राम्रो हुन्छ । – सामान्य अवस्थामा समेत खानेकुरा धेरै खाँदा कब्जियत हुन्छ । गर्भवती महिलालाई कब्जियतको सम्भावना धेरै ले खानपानमा विशेष ध्यान दिनुपर्छ । – सकेसम्म पखाला लाग्ने खानेकुरा खानु हुँदैन । ज्यादा पखाला लागेमा समयभन्दा पहिले नै डेलिभरी हुने सम्भावना पनि हुन सक्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा