२०८२ वैशाख १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश

शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश


काठमाडौ–विश्व स्वास्थ्य संगठनको दक्षिण पुर्वी एसिया(शेराे) निर्देशक डा साइमा वाजेदलाई पक्राउ गर्न इन्टरपोलमा सूचना जारी गर्न बंगलादेश सरकारलाई ढाका अदालतले आदेश जारी गरेको छ ।

पुर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी समेत रहेकी साइमा वाजेद्धलाई ढाकाको एक अदालतले पूर्वाञ्चल प्लट बाडफाडमा भ्रष्टचार गरेको ठहर गरेको थियो । सो ठहर पछि ढाका महानगरीय बरिष्ठ विशेष न्यायधीश मोहम्मद जाकिर हुसेनले गत आइतवार भ्रष्टचार निवारण आयोग(एसीसी)को पुनरावेदन पछि उक्त आदेश दिएको एसीसीले जनाएको छ ।

इन्टरपोल नोटिस जारी गर्न आदेश दिएको विषयमा बंगलादेश र विश्वका धेरै समाचार एजेन्सीहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् ।

यस अघि १० अप्रिलमा पुर्व प्रधानमन्त्री हसिना र सेरो निर्देशक वाजेद विरुद्ध जग्गा वाडफाडमा ठूलो भ्रष्टचार गरेको आरोपमा पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको थियो । सो अदालतले १३ अप्रिलमा हसिना, उनकी बहिनी शेख रेहाना, रेहानाकी छोरी ट्युलिप सिद्दीकी र छोरा दरवान मुजिब सिद्दीकी लगायत २१ जनाविरुद्व तीनबाट छुट्टा छुट्टै पक्राउ पुर्जी जारी गर्ने आदेश पनि दिएको छ ।

स्राेतहरू

https://en.prothomalo.com/bangladesh/vs3jej2wn2

https://www.dhakatribune.com/bangladesh/court/379809/court-orders-arrest-warrant-against-saima-wazed

https://www.aa.com.tr/en/asia-pacific/bangladesh-court-seeks-interpol-warrant-for-ex-pm-hasina-s-daughter-over-corruption-charges/3550200

https://timesofindia.indiatimes.com/world/south-asia/dhaka-courts-arrest-warrant-on-sheikh-hasinas-daughter/articleshow/120676828.cms


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ