२०८० मंसीर १८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारको हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ?

को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ?


काठमाडौं—मन्त्रीहरुले मन्त्रालयको कमाण्ड सम्हालेपछि आफूअनुकूल टिम निर्माण गर्नुलाई सामान्य मानिन्छ । आफ्ना कामकारवाहीलाई प्रभावकारी बनाउन पनि मन्त्रीहरु आफूअनुकूल व्यक्तिहरुलाई मन्त्रालयका महत्वपूर्ण निकायमा फिट गर्छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पनि स्वास्थ्य मन्त्रालयको प्रशासनमा आफूअनुकूलका सह—सचिव ल्याउने तयारी गरेका छन् । मन्त्रालयको समग्र प्रशासन संरचना हाँक्ने गरी मन्त्री खतिवडाको रोजाइमा परेका सह—सचिव हुन्—मदन भुजेल ।

भुजेल अहिले राष्ट्रिय वित्त आयोगको वित्तीय ब्यबस्थापन महाशाखा कार्यरत छन् । उनी यसअघि बागमती प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सचिवका रुपमा कार्यरत थिए ।

खतिवडाको रोजाइमा परेका भुजेल उनको गृहजिल्ला मकवानपुरका हुन् । भुजेललाई स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखामा भित्र्याउने अन्तिम तयारीमा मन्त्री पुगेको स्रोतको दावी छ । ‘मन्त्रीज्यूले लामो समयदेखि चिनेका सह—सचिव भुजेललाई पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरिसक्नुभएको छ,’ मन्त्री निकट स्रोतले भन्यो, ‘अब प्रशासनमा अन्य केही अधिकारीहरु पनि परिवर्तन हुनेछन् । जसको लिष्ट तयार भएर सामान्य प्रशासनलाई पठाइसकिएको छ ।’

स्वास्थ्य मन्त्रालयमा भुजेलको इन्ट्रीमा मन्त्रालयमा रहेका प्रशासनतर्फका दुई सहसचिव इन्द्र पोखरेल र शैलजा रेग्मीमध्ये एकजना बाहिरिनेछन् । मन्त्री खतिवडाको सचिवालयमा विज्ञ सल्लाहकारबाहेक अन्य सबै गृहजिल्ला मकवानपुरकै टिम रहेको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला मन्त्रालय आउनुअघि भुजेल बाँके, मोरङलगायतका जिल्लामा रहेर काम गरिसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ