२०८२ जेठ ५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व नो टोबाको डे-२०२५ अवार्ड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व नो टोबाको डे-२०२५ अवार्ड


काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सूर्तिजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व नो टोबाको डे (विश्व धुम्रपानरहित दिवस)-२०२५ बाट सम्मान गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठनका जनरल डाइरेक्टरको सिफारिसमा गर्न लागिएको सो अवार्डमा दक्षिण पूर्वी एसियाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल, नेसनल बोर्ड अफ रेभ्न्यू, बंगलादेश, प्रादेशिक धुम्रपान नियन्त्रण विभाग कर्नाटक भारत, र बैंककका गभर्नर रहेका छन् ।

विश्व स्वास्थ्य संगठनको महानिर्देशक स्पेसल अवार्डबाट भने माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मैयाजु र मरुटोसको स्वास्थ्य तथा समाज कल्याण मन्त्रालयलाई प्रदान गरिएको छ ।

त्यसैगरी, डब्लुएचओ डाइरेक्टर जनरल स्पेसल रिकोकनिसन सर्टिफिकेट भने ग्लोबल सेन्टर फर गुड गभरर्मेन्स इन टोवाको कन्ट्रोलले पाएको छ । अन्य अवार्डमा अफ्रिका रिजनबाट ५ वटा देश तथा संस्था, अमेरिका रिजनबाट, ११ वटा देश इस्टर्न मिडिल इस्टबाट तीन वटा देश र युरोपबाट पाँच देश तथा व्यक्तिहरु सम्मानित हुँदैंछन् ।

साउथ इस्टबाट चार देश तथा व्यक्ति, वेस्टर्न प्यासिफिकबाट ७ देश सम्मानित हुने विश्व स्वास्थ्य संगठनको वेवसाइडमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ