२०८२ जेठ ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने

प्रधानमन्त्री ओली अस्वस्थ, संसद बैठकमा नजाने


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । रुघाखोकी र ज्वरो देखिएपछि प्रधानमन्त्री मंगलबारको संसद बैठकमा पनि नजाने भएका छन् ।

‘प्रधानमन्त्रीलाई रुघाखोकी, ज्वरो छ,’ बालुवाटार स्रोतले भन्यो, ‘त्यही कारण आजको संसद बैठकमा नजाने हुनुभएको छ ।’

प्रधानमन्त्रीको स्वास्थय कारण मंगलबारका लागि तय भएको प्रधानमन्त्री र सांसदहरुबीचको प्रश्नोत्तर कार्यक्रम पनि नहुने भएको छ । संसद सचिवालयले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्य सूची राखेको थियो ।

अब ११ बजे संसद बैठकको कार्यसूचीबाट उक्त कुरा हटाइनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ