काठमाडौं—नेपाल फार्मेसी संघको तेस्रो राष्ट्रिय महाधिवेशनले युवराज भुसालको नेतृत्वमा २३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । शनिबार काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा भएको महाधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
महाधिवेशनबाट उपाध्यक्ष टेकबहादुर वि.क., मिना भट्ट र महेश्वर पोखरेल चयन भए । यसैगरी, महासचिवमा सुवर्णराज पन्त निर्वाचित भए ।
संघको सचिवमा कविन मलेकु, सुन्दर आचार्य, रामप्रसाद कोइराला, विनोद पन्त, ध्रुवकुमार शर्मा, नवीन धामी र कृष्णमुरारी शुक्ला चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा यदुप्रसाद पन्त र सह—कोषाध्यक्षमा विष्णु कँडेल निर्वाचित भए ।
संघको महाधिवेसनले सदस्य पदमा ओमकार अर्याल, गोविन्द तिवारी, सुशील सिग्देल, दिनेश जोशी, विजय फुल्लेल, विकास केसी, अर्जुन कार्की र शिवकुमार मिश्रलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।