२०८२ जेठ १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ७ वटा कोभिड-१९ केस पुष्टि भएको खबर के हो ? कहिले हो ?

नेपालमा ७ वटा कोभिड-१९ केस पुष्टि भएको खबर के हो ? कहिले हो ?


काठमाडौं—नेपालमा पछिल्ला केही दिन सोसल मिडियामा कोभिड—१९ संक्रमण बढेको भन्दैं चर्चा सुरु भएको छ । दक्षिण छिमेमी मुलुक भारत र अमेरिकामा समेत कोभिड—१९ का केसहरु बढिरहेको बेला नेपालमा यो खबर सोसल मिडियमा तीब्र रुपमा फैलिइरहेको छ ।

नेपालमा कोभिड—१९ का ७ वटा केस पुष्टि भएको भनेर सोसल मिडियामा पाएको चर्चा अहिलेको नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा. चन्द्रभाल झाले जानकारी दिए । उनकाअनुसार यो झण्डै दुई हप्ता अगाडि तथ्यांक हो ।

‘यो अहिलेको खबर होइन्, दुई हप्ताअघि नै नियमित रिपोर्टिङमा आएको तथ्यांक हो,’ उनले भने, ‘केही विशेष रोगहरु देखिनासाथ इडिसिडीको सिष्टममा रिपोर्टिङ हुने व्यवस्था छ । त्यही क्रममा ती केसहरु रिपोर्टिङ भएका हुन् ।’

डा. झाले कोभिड—१९ पुष्टि भएका केसहरुमा ६ वटा धुलिखेल अस्पतालको प्रयोगशालामा र एउटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रमाणीकरण भएको जानकारी दिए । तर, ती सात जना बिरामी नै पूर्ण रुपमा निको भइसकेको समेत उनले बताए ।

संक्रमित देखिएका कुनै पनि व्यक्ति लामो समयदेखि बाहिर नगएको हुँदा ती बाहिरबाट आएको नयाँ भेरियन्टको संक्रमण नभएको उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ