२०८२ जेठ १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने

स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने

बर्दिवास, बुटवल, सुर्खेत र डडेल्धुरामा मेडिकल कलेज बनाउन ५६ करोड


काठमाडौं—सरकारले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ । बिहीबार संघीय संसदका दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने बताएका हुन्।

‘गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ,’ उनले भने । विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माण गर्ने पनि बजेटमा छ । यस्तै, बर्दिवास, बुटवल, सुर्खेत र डडेल्धुरामा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजहरुको पूर्वाधार निर्माण कार्य अगाडि बढाउन ५६ करोड बिनियोजन गरिएको छ ।

मन्त्री पौडेलले सरकारी स्वास्थ्य प्रणालीमा आवश्यक पर्ने विषय र संख्याअनुरुप जनशक्ति उत्पादन गर्नका लागि छात्रवृत्ति दिइनेछ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस बमोजिम मेडिकल शिक्षामा प्रदान गरिदैं आएको छात्रवृत्तिलाई गरिब, जेहेन्दार र अति दुर्गम क्षेत्रका विद्यार्थी लक्षित बनाइने बजेटमा छ ।

मुसहर, डोम, चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिने बजेटमा छ ।

यसैगरी, चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधी, नर्सिङलगायतका प्राविधिक विषयमा जनशक्तिको अभाव हुन नदिन विद्यमान मापदण्ड पुनरावलोकन गरी अध्ययन कोटा वृद्धि गरिने पनि बजेटमा उल्लेख छ ।

यस्तै, वन मन्त्रालयअन्तर्गतको जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए । कम्पनीको पूर्वाधार विकास र व्यवस्थापन सुधार गरी उत्पादन वृद्धि गर्न उक्त बजेट बिनियोजन गरिएको हो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ