२०८२ जेठ २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय स्वास्थ्यकर्मी महासंघमा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघमा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता


काठमाडौं—नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको छाता संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं कार्यकालका लागि पाँच जनाको उम्मेदवारी परेको छ । शनिबारबाट सुरु भएको महाधिवेनमा आइतबार दिनभर सहमतिको प्रयास भएतापनि सम्भव नभएपछि आइतबार बेलुकाबाटै मतदान प्रक्रिया अगाडि बढाइएको छ ।

अध्यक्षमा वर्तमान अध्यक्ष डा. झलक शर्मा गौतम, उपाध्यक्षहरु जगत नेपाली, रामहरि ढकाल, भीमराज सिंह र त्रिलोक गुरुङको उम्मेदवारी परेको छ ।

दुई उपाध्यक्षका लागि पुष्पराज खनाल, डा. सन्तोष पौडेल, शारदा खनाल, मञ्जु बस्नेत र रुपा केसी प्रतिस्पर्धामा छन् ।

महासचिवमा अमृता बराल र मदन ओलीको उम्मेदवारी परेको छ । चार सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ । जसमा डा. प्रशान्त आचार्य, प्रकाश सेवा, चन्द्र सुनार, डा. धर्मेन्द्र यादव, सिद्धप्रसाद ढुंगाना, सुशीला शाही, कुरान अली ठकुराइ, हरिलाल आचार्य, राजकुमार पौडेल छन् ।

अधिवेशनको शनिवार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गरेका थिए ।

अधिवेशनले ९ पदाधिकारीसहित ९९ सदस्य केन्द्रीय कमिटी चयन गर्नेछ । अधिवेशनमा देशभरका ५ सय बढी प्रतिनिधी उपस्थित छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ