काठमाडौं—सरकारले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । बुधबार उपकुलपति सिफारिस समितिको सचिवालयले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको छ ।
सो आवेदनमा स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड, २०७३ अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन भनिएको छ । त्यसका साथै प्रतिष्ठानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तयार पारिएको व्यवसायिक कार्ययोजना समेत शिलबन्दी गरेर बुझाउन भनिएको छ ।
सचिवालयले भनेको मापदण्डअनुसार चार वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवश्यक योग्यता फरक—फरक छन् । विज्ञहरुले भने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु प्राज्ञिक थलो पनि भएको हुँदा एकै किसिमको मापदण्ड बनाएर प्राज्ञिक व्यक्तिलाई नै उपकुलपति बनाउनुपर्नेमा जोड दिँदैं आएका छन् ।
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि मापदण्ड
