२०८२ असार १०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव

आयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद काउन्सिलको अध्यक्षमा डा. श्याममणि अधिकारीलाई नियुक्त गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेका हुन् ।

‘आयुर्वेद काउन्सिल र नरदेवीमा नियुक्तिहरु भएका छन्,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘काउन्सिलको अध्यक्षमा डा. श्याममणि अधिकारी र नरदेवीको प्रमुखमा डा. वासुदेव उपाध्यायलाई नियुक्त गरिएको छ ।’

डा. अधिकारी आयुर्वेद विज्ञका रुपमा चिनिन्छन् । यस्तै, काउन्सिलमा अन्य सदस्यहरु पनि नियुक्त भएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।

यस्तै, मन्त्री पौडेलले नरदेवी अस्पतालको प्रमुखमा डा. वासुदेव उपाध्यायलाई नियुक्ति गरेका छन् । लुम्बिनीका स्वास्थ्य सचिव पनि भइसकेका डा. उपाध्याय ११ औं तहका चिकित्सक हुन् ।

यसअघि नरदेवीको निमित्त प्रमुख डा. रामवेद यादव थिए ।

यसैगरी, मन्त्री पौडेलले लामो समयपछि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको नेतृत्व पनि परिवर्तन गरेका छन् । डा. रामआधार यादवलाई मन्त्रालयमा ल्याएर उनले केन्द्रमा डा. सन्तोष कुमार ठाकुरलाई पठाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ