२०८२ असार ३०, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने

भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने

भरतपुर अस्पताल र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच सम्झौता


काठमाडौं—चितवनको भरतपर अस्पताल र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गर्ने सम्झौता भएको छ । सोमबार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण पौडेल र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक डा. श्रीधर पौडेलले भरतपुर अस्पताल परिसरमा केन्द्र स्थापना गर्ने अवधारणा पत्रमा हस्ताक्षर गरेका छन् ।

सो अवधारणा पत्रअनुसार १ वर्षभित्रमा अस्पताल हातामा छुट्टै केन्द्र स्थापना हुने, २ देखि ३ वर्षभित्रमा १० देखि २५ शय्याको अन्तरंग सेवा सञ्चालन गर्ने र ५ वर्षमा १०० शय्या क्षमतामा विकास गर्ने उल्लेख छ ।

सम्झौताअनुसार भरतपुर अस्पतालले भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउनुपर्ने र भवन निर्माणको २५ प्रतिशत लागत व्यवस्थापन गर्नुपर्नेछ । त्यस्तै, भौतिक संरचना निर्माणको प्रक्रियामा अनुगमन, सुपरिवेक्षण र मितव्ययी व्यवस्थापन गर्नुपर्ने, केन्द्र निर्मााणको लागि आवश्यक स्वीकृती तथा प्रशासनिक र नीतिगत प्रक्रियाका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने, प्रशासनिक पक्षको नेतृत्व पनि भरतपुर अस्पतालले गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी, नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले संरचना निर्माणको कुल प्रारम्भिक लागतको ५० प्रतिशत बराबर आर्थिक स्रोत व्यवस्थापन गर्ने र थप २५ प्रतिशतका जुटाउन स्थानीय र राष्ट्रिय सरोकारवालासँग अगुवाइ गर्ने, केन्द्रको सेवा संचालनका लागि प्राविधिक सहयोग गर्ने, देशका अन्य भागहरुमा पनि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न केन्द्रको निरन्तर स्तरवृद्धि र गुणस्तरीय सेवा सुनिश्चित गर्न विभिन्न निकायसँग पहल गर्नेलगायत सम्झौता पत्रमा छ ।

अस्पताल र इन्स्टिच्युटबीच कम्तिमा २० वर्षसम्म सम्झौतामार्फत गठित संचालक समितिले सेन्टर संचालन गर्नेछ । त्यसपछि भने सेन्टर स्वतः नेपाल सकारको हुने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ