२०८२ साउन १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं

२ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं

९३ जना नर्सिङ स्टाफसहित २६४ जना स्वास्थ्यकर्मीले अस्पतालमा रोजगारी पाउने


काठमाडौं—२ अर्ब ४५ करोडभन्दा बढी लागतमा जनकपुरमा २०० शय्याको विशिष्टीकृत विनयतारा क्यान्सर अस्पताल बन्ने भएको छ । विनयतारा क्यान्सर ट्रष्टले जनकपुर उपमहानगरपालिका—२५ मा २ अर्ब ४५ करोड ५२ लाख ८५ हजार २ सय ६२ रुपैयाँ लागतमा २०० शय्याको क्यान्सर अस्पताल बनाउन लागेको हो ।

वन तथा वातावरण मन्त्रालयमा बुझाइएको अस्पतालको वातावरणीय प्रभाव मुल्यांकन (ईआई) प्रतिवेदनअनुसार ३ विगाहा १३ कठ्ठा ११.५ धुर जग्गामा उक्त अस्पताल निर्माण हुनेछ । अस्पतालका लागि एक बेसमेन्ट एक भुँइतलाबाहेक चार तला भवन निर्माण हुनेछ । अहिले ट्रष्टले २५ शय्याको अस्पताल सञ्चालन गरिरहेको छ ।

अस्पतालमा मेडिकल अंकोलोजी, अंकोलोजी सर्जरी, मेडिकल अंकोलोजी, इन्टरनल मेडिसिन, ग्यास्ट्रो अंकोलोजी, हेड एण्ड नेक अंकोलोजी, एनेस्थेसिया, रेडियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोलोजी, ग्यास्ट्रोइन्टेरो सर्जरी, क्रिटिकल केयर र एनेस्थेसियोलोजी, पल्मोनरी क्रिटिकल केयर र स्लिप मेडिसिन, इन्टरभेनसनल रेडियोलोजी एण्ड इमेजिङ, मोलीक्युलर बायोकेमेष्ट्री, इम्युनोप्याथोलोली, मोलीक्यूलर प्याथोलोजी, हेमाटोप्याथोलोजी, वर्न सर्जरी, जेनेटिक मेडिसिनलगायतका विशिष्टीकृत सेवा हरनेछन् ।

अस्पतालले बहिरंग सेवा ३०० सय दिनेछ भने इमर्जेन्सी सेवा ३६५ नै दिनेछ । अस्पतालमा ३०६ जनाले रोजगारी पाउनेछन् । जसमध्ये सुशासन र व्यवस्थापनमा २१ जना, क्लिनिकल सेवामा जनशक्ति २६४ जना र अस्पताल सहयोग सेवामा २१ जना जनशक्ति रहने प्रतिवेदनमा उल्लेख छ ।

३६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त अस्पतालमा बनेमा स्वास्थ्य सेवामा पहुँच वृद्धि हुने, रोजगारीका अवसर सिर्जना हुने र स्वास्थ्य पर्यटनमा वृद्धि हुनेजस्ता सकारात्मक असर पर्ने प्रतिवेदनमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ