काठमाडौं—नेपाल औषधि उत्पादक संघ (एप्पोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सोमबार भएको संघको ३१ औं वार्षिक साधारणसभाबाट अधिकारी अध्यक्षमा सर्वसमत भएका हुन् ।
अध्यक्षमा उम्मेदवारी दिएका संघका पूर्व अध्यक्षसमेत रहेका दीपक दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत भएका हुन् ।
अध्यक्षमा सर्वसम्मत भएका अधिकारी यसअघि संघको महासचिव थिए ।
वरिष्ठ उपाध्यक्षमा प्रभात रुगटा, उपाध्यक्षमा पृथ्वी राजभण्डारी (निजु), महासचिवमा सन्तोष बराल, सचिवमा गिरीराज पाठक र कोषाध्यक्षमा सुमितचन्द्र श्रेष्ठ सर्वसम्मत भएका छन् ।
यसैगरी, सदस्यहरुमा शैलेश वैद्य, पंकज तिवारी, ईश्वर भण्डारी, शदरचन्द्र ओझा, सजलराज रेग्मी र प्रवीण दाहाल चयन भएका छन् ।