२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी

वरिष्ठ उपाध्यक्षमा प्रभात रुगटा, महासचिवमा सन्तोष बराल


काठमाडौं—नेपाल औषधि उत्पादक संघ (एप्पोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सोमबार भएको संघको ३१ औं वार्षिक साधारणसभाबाट अधिकारी अध्यक्षमा सर्वसमत भएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका संघका पूर्व अध्यक्षसमेत रहेका दीपक दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत भएका हुन् ।

अध्यक्षमा सर्वसम्मत भएका अधिकारी यसअघि संघको महासचिव थिए ।

वरिष्ठ उपाध्यक्षमा प्रभात रुगटा, उपाध्यक्षमा पृथ्वी राजभण्डारी (निजु), महासचिवमा सन्तोष बराल, सचिवमा गिरीराज पाठक र कोषाध्यक्षमा सुमितचन्द्र श्रेष्ठ सर्वसम्मत भएका छन् ।

यसैगरी, सदस्यहरुमा शैलेश वैद्य, पंकज तिवारी, ईश्वर भण्डारी, शदरचन्द्र ओझा, सजलराज रेग्मी र प्रवीण दाहाल चयन भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ