२०८२ साउन २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगंगालालको कार्डियोभास्कुल विभागका प्रमुख डा. रामेश राजीनामा दिएर अमेरिका

गंगालालको कार्डियोभास्कुल विभागका प्रमुख डा. रामेश राजीनामा दिएर अमेरिका


काठमाडौं—शहीद गंगालाल हृदय केन्द्रका वरिष्ठ कन्सल्ट्यान्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् । बुधबार उनले ३० असोजबाट लागु हुने गरी राजीनामा दिएको पत्र सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् ।

‘३० असोज २०८२ देखि लागु हुने गरी मेरो राजीनामा स्वीकृत गरी संचालक समितिलाई समेत अवगत गराइदिनुहुन अुनरोध छ,’ डा. रामेशले कार्यकारी निर्देशक डा. रवि मल्ललाई लेखेको राजीनामा पत्रमा छ । उनले अहिलेसम्म सो अवधिसम्म आफूले उपयोग गर्दै आएको कार्यकक्षमा आफ्ना व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी र गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध गरेका छन् ।

राजीनामा दिएको घोषणा गरिरहँदा उनले फेसबुकमा अमेरिका पुगेको पारिवारिक तस्विरसमेत सार्वजनिक गरेका छन् । जसमा उनले लेखेका छन्, ‘देश, पेशा, जीवन र भूमिका सब अब फरक ।’ तर, त्यहाँ उनले अमेरिकामै बस्ने वा नेपालमा फर्कने भन्ने स्पष्ट खुलाएका छैनन् ।

डा. रामेशले पछिल्लो समय चार प्रतिष्ठानको उपकुलपति खाली रहँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन दिएका थिए । विपी प्रतिष्ठानको उपकुलपतिका लागि उनी सर्टलिष्टमा समेत परेका थिए । तर, अन्तमा नेपाली कांग्रेसको भागमा परेको उक्त प्रतिष्ठानको उपकुलपतिमा डा. विक्रमप्रसाद श्रेष्ठले बाजी मारेका थिए ।

लामो समयदेखि नेपालको विकृत राजनीतिक प्रणालीलगायतका विषयमा डा. रामेशले ट्वीरलगायतका सामाजिक सञ्जालमार्फत चर्को असन्तुष्टि पोख्दै आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ