२०८२ भदौ १, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित)

स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित)


काठमाडौं—स्वास्थ्य बीमा बोर्ड र २६ वटा अस्पतालबीच सेवा सम्झौता भएको छ । आइतबार बीमा बोर्ड र २२ स्थानीय तहका २६ अस्पतालबीच सेवा सम्झौता भएको हो ।

स्वास्थ्य बीमा बोर्डले स्थानीय तहका ती अस्पतालहरुसँग प्रथम सेवा विन्दुका रुपमा सेवा दिने गरी सम्झौता गरेको हो । नयाँ अस्पतालहरुसँग सम्झौतासँगै प्रथम सेवा बिन्दुका रुपमा सेवा दिने स्वास्थ्य संस्थाको संख्या ४१७ पुगेको छ ।

८५ प्रेषण केन्द्रसहित यो संख्या ५०२ पुगेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डकाअनुसार देशभरमा अब प्रथम सेवा बिन्दु भएका स्थानीय तहको संख्या ३७६ पुगेको छ ।

सम्झौता भएका २२ स्थानीय तहका २६ अस्पतालहरु


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ