२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप२० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने

२० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने


काठमाडौं–२० करोडभन्दा बढी लगानीमा अत्याधुनिक उपकरणसहितको मल्टीस्पेसियालिटी क्लिनिक सञ्चालनमा आउने भएको छ । ए ग्रेडको प्रयोगशालासहित गौशालाको पिगंलास्थानमा नेपाल ल्याब हाउस पोलिक्निक सुरु हुन लागेको हो ।

२२ फागुनबाट सञ्चालनमा आउन लागेको ‘नेपाल हाउस ल्याब मल्टी स्पेसियालिटी क्लिनिक’मा झण्डै दुई दर्जन विशेषज्ञ चिकित्सकले ओपीडी सेवा दिनेछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त ‘ए’ क्याटागोरी प्रयोगशालासहित उक्त क्लिनिकमा सञ्चालन हुन लागेको हो ।

पोलिक्लिनिकका अध्यक्ष डा. विदुर वस्तीकाअनुसार ‘ए’ क्याटागोरीको ल्याबसहित कम्युनिटी र होम सर्विसलाई प्राथमिकतामा राखेर नेपाल ल्याब हाउस सञ्चालनमा आउन लागेको हो ।

उनकाअनुसार ‘ए’ ग्रेडको ल्याबसहितको मल्टीस्पेसियालिटी क्लिनिकमा २० करोड बढी लगानी भएको छ । ‘यसमा २० देखि २२ करोड हाराहारीमा लगानी गरेका छौं,’ उनले भने । अहिले नेपाल ल्याब हाउसमा ५० जना कर्मचारीहरु रहेका छन् ।

‘मल्टीस्पेसियाल्टी क्लिनिक’ युएस एफडिए र ईयुबाट स्विकृती प्राप्त अत्याधुनिक मेसिनसहितको ल्याब तथा पोलिक्लिनिक हो। पोलिक्लिनिकमा मुटु रोग, सामान्य चिकित्सा, मधुमेह, थाइराइड तथा हर्माेन रोग, स्त्री तथा प्रसुती तथा निःसन्तान सेवा, मिर्गौला रोग, मानसिक रोग, मुत्र तथा पत्थरी रोग, सामान्य शल्यक्रिया, नाक कान तथा घाँटी रोग, कलेजो रोग, छाला तथा यौन रोग, हाड जोर्नी सेवा, नसा रोग, आँखा जाँच सेवा, बाल रोग, छाती रोग, दन्त रोग सेवा, रेडियोलोजी, तथा औषधी सेवा, खोप सेवा र होम सर्विसलगायतका थुपै्र सेवाहरु उपलब्ध हुने डा. वस्तीले बताए ।

नेपाल ल्याब हाउस संस्थागत रुपमै वरिष्ठ तथा ख्यातिप्राप्त रोग निदान विज्ञहरु सम्मिलित छन् । जहाँ प्रयोगशालामा कार्यकलाप रोग निदान विज्ञान, जीवरसायक विज्ञान र सूक्ष्म जीव विज्ञानमा एमडी गरेकाहरुबाट सिधै सुपरीवेक्षण हुनेछ । पोलीक्लिनिकमा म्यामोग्राफी, डिजिटल एक्स–रे, (डीआर सिस्टम) अल्ट्रासाउन्ड र इकोकार्डियोग्राफीलगायतका सेवाहरु रहनेछन् ।

‘नेपाल ल्याब हाउसले फार्मेसी सेवा, कुशल स्वास्थ्य स्याहार कर्मचारीमार्फत घर तथा सामुदायिक चिकित्सा स्याहार पनि उपलब्ध गराउँदैछ,’ डा. वस्तीले भने, ‘पोलीक्लिनिकमा कोभिड(१९ का लागि आरटी पिसीआर, एन्टिजेन र एण्टीबडी जाँच हुनेछ ।’ साथै, टी.बी, एचआईभी( एड्स, स्क्रब टाइफस, डेँगु र उद्भव भैरहेको अन्य रोगहरुका लागि पनि पीसीआर स्वाब घरघरमा गएर लिने योजनामा समेत रहेको उनले बताए ।

नेपाल ल्याब हाउसले अन्तराष्ट्रिय एजेन्सीहरु र विदेशहरुलाई विशिष्ट स्वास्थ्य स्याहार सेवा प्रदान गर्नुको साथै पदयात्रामा जाने, होटेलमा रहने र काम गर्ने, अन्य मुलुकमा अध्ययन तथा भ्रमणका लागि मुलुक बाहिर जाने मानिसहरुलाई सेवा प्रदान गर्नेछ ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #नेपाल ल्याब हाउस पोलिक्निक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ