२०८२ असोज २९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व

नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व


काठमाडौं–नेपाल मानसिक स्वास्थ्य संस्थान(एनआईओएमएच)मा नयाँ कार्यसमिति चयन भएको छ । १२ अक्टोबरमा भएको अमेरिकाबाट, युरोप, अस्ट्रेलिया र नेपालका सदस्यहरूको सहभागितामा भर्चुअल रूपमा सम्पन्न भएको वार्षिक साधारण सभाले डा. संजय यादवको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थानको उपाध्यक्ष डा. छोरी लक्ष्मी महार्जन, महासचिवमा डा. खगेन्द्र काफ्ले, कोषाध्यक्षमा अनुराधा आचार्य चयन भएका छन् । यसैगरी, सदस्यहरुमा डा. प्रभात सापकोटा, शम्भवी अधिकारी, ममता गुरुङ र डा. अपर्णा घिमिरे निर्वाचित भएका छन् भने वैकल्पिक सदस्यहरुमा डा. जगन सुवेदी, डा. जगदम्बा पण्डित, डा. राजन शर्मा र डा. सरोज अधिकारी यादव चयन भएका छन् ।

संस्थानको कार्यकारी निर्देशकमा डा. श्रीधर पौडेल निर्वाचित भएका छन् ।

नेपाल मानसिक स्वास्थ्य संस्थान सन् २०२१ देखि नेपालमा स्थापना भएको एक गैरनाफामूलक संस्था हो। ‘हामी स्वयंसेवी मनोचिकित्सक, मनोवैज्ञानिक, जनस्वास्थ्य व्यवसायीहरू तथा नेपालमा मानसिक स्वास्थ्य सुदृढ पार्न इच्छुक व्यक्तिहरूको समूह हौं,’ कार्यकारी निर्देशकमा निर्वाचित डा. पौडेलले भने, ‘हाम्रो उद्देश्य नेपालमा मानसिक स्वास्थ्य सेवा सुदृढ पार्नु र सबैका लागि मानसिक स्वास्थ्य सुनिश्चित गर्नु हो।’

नयाँ कार्यसमितिको मुख्य ध्यान भरतपुर अस्पतालसँग सहकार्यमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गर्ने, मानव सेवा आश्रमका २७ वटा केन्द्रमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने र चलिरहेको मानसिक स्वास्थ्य सचेतना कार्यक्रमहरूलाई सुदृढ पार्ने रहेको पनि डा. पौडेलले बताए ।

संस्थानको ध्यान मानसिक स्वास्थ्यका ६ आधारस्तम्भहरू एकीकृत मानसिक स्वास्थ्य सेवा, तालिम, अनुसन्धान, सचेतना, वकालत र अधिकार-आधारित सेवामा केन्द्रित छ ।

संस्थानले गत वर्ष हेल्थ फाउण्डेशन नेपालसँग सहकार्यमा सामुदायिक मातृ तथा जेष्ठ नागरिक मानसिक स्वास्थ्य कार्यक्रम (स्माइल मदर्स र स्माइल आमा—बा),विपद् मानसिक स्वास्थ्य कार्यक्रम, रेडियो मानसिक स्वास्थ्य कार्यक्रम, डिजिटल मानसिक स्वास्थ्य सचेतना, विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम, मानव सेवा आश्रम मानसिक स्वास्थ्य कार्यक्रम, चितवनमा एकीकृत मानसिक स्वास्थ्य केन्द्र स्थापना र चितवनमा दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको आयोजनालगायत विविध कार्यक्रम गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ