२०८२ असोज ३०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरल नर्सहरुको समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएकी छन् । बिहीबार स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर स्वास्थ्य मन्त्रालयको नेतृत्वसमेत सम्हालेकी उनले आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्यलय स्रोतकाअनुसार प्रधानमन्त्री कार्कीले नर्स र आवासीय चिकित्सकहरुको पारिश्रमिकका विषयमा स्वास्थ्य सचिवसँग चासो व्यक्त गर्दै तत्काल समस्या समाधानमा लाग्न निर्देशन दिएकी हुन् । उनले दक्ष स्वास्थ्यकर्मीलाई न्यून पारिश्रमिक काम लगाएका विदेश पलायन हुने जोखिम रहेको भन्दैं चिन्ता समेत व्यक्त गरेकी थिइन् ।

न्यून तलबमा काममा लगाएको भन्दैं पोखरास्थित मणिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन् । उनीहरुले स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको न्यूनतम तलब सरकारी पाँचौं तहसरहको मासिक ३४ हजार ७३० रुपैयाँ पारिश्रमिक पाउनुपर्ने माग गरिरहेका छन् । यस्तै, आवासीय चिकित्सकहरुको तलब भुक्तानीका विषयमा पनि अझै केही निजी मेडिकल कलेजहरुमा समस्या रहेको बताइएको छ ।

२४ असोजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक परिपत्र जारी गर्दै निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पारिश्रमिक तथा सेवा सुविधा सरकारीसरह बनाउन निर्देशन दिएको थियो । उक्त निर्देशनपछि २७ असोजमा निजी मेडिकल कलेज सञ्चालकहरुको संस्थाले स्वास्थ्य सचिवलाई पत्र लेखेर उक्त निर्देशन लागु गर्न नसक्ने जनाएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ