२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना

कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना


महेन्द्रनगर—कन्चनपुरको बेदकोट नगरपालिकाले कोरोना आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणमा परेकाहरुको उपचारका लागि बेदकोट नगरपालिकाले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । आइतबार आइसोलेसन केन्द्रको उद्घाटन नगर प्रमुख अशोककुमार चन्दले गरेका छन् ।

महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमितका लागि आइसोलेसन केन्द्र निर्माण गरिएको नगर प्रमुख चन्दको भनाइ छ । उनकाअनुसार नगरपालिकाले हाल ६ वेडको आइसोलेसन केन्द्र स्थापना गरिएको छ । ‘अहिले हामीले ६ बेडको आइसोलेसन केन्द्र स्थापना गरेका छौं,’ उनले भने, ‘आवश्यकताअनुसार बेड थप्छौं ।’ आइसोलेसन केन्द्रमा स्वास्थ्यकर्मीसमेत परिचालन गरिनेछ ।

यसैगरी बेदकोट नगर कार्यपालिका बैठकले हालका लागि ३ स्थानमा क्वारेन्टाइन स्थापना गर्ने र पछि सबै वडामा स्थापना गर्ने, ज्वरो, रुघाखोकीका बिरामीलाई तुरुन्त उपचारका लागि अस्पताल पठाउने, स्वयंमसेवक परिचालन गर्न स्वास्थ्यकर्मीबाट तालिमको ब्यवस्था गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कोरोना सम्बन्धि सचेतना अभियान संचालन गर्ने, जनचेतनाका लागि नगर र वार्ड स्तरीय समिति गठन गर्ने, सहयोगका लागि सबैलाई अपिल गर्ने, कालोबजारी रोक्न सर्र्वदलीय अनुगमन गर्ने, नागरिक र जनतालाई अति आवश्यक कामबाहेक अन्य समयमा सुरक्षित घरमा बस्न अनुरोध गर्ने, हेल्पडेस्क स्थापना गर्नेलगायतका निर्णय कार्यपालिका बैठकले गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ