२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगतिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन 

तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन 


आजकल प्राय मानिसहरूमा मोटोपना सामान्य समस्या बन्दै गएको छ । गलत खानपान, खराब जीवनशैली र व्यायामको कमीका कारण यस्ता समस्याहरू आउने गरेका छन् । लगातार बस्दा खुट्टा र तिघ्रामा अत्यधिक बोसो जम्मा हुन्छ । जसका कारण धेरै मानिसहरूले आफ्नो फिटिङ लुगा लगाउन सक्दैनन् । यति मात्र होइन, यदि तिघ्राको बोसो बढ्यो भने उठ्न र बस्न समस्या हुन्छ । यदि तपाईँ पनि तिघ्राको बोसोबाट छुटकारा पाउन चाहनुहुन्छ भने तपाईँ आफ्नो दिनचर्यामा केही योगासनहरू समावेश गर्न सक्नुहुन्छ । जसको नियमित अभ्यासले तिघ्रामा जम्मा भएको बोसो घटाउने र टोनिङ गर्न पनि मद्दत गर्छ । तिघ्राको बोसो घटाउन लाभदायक यी योग आसनहरूबारे जान्नुहोस्  ।

उष्ट्रासन

उष्ट्रासन गर्नको लागि दुवै घुँडा टेक्नुहोस् । घुँडालाई काँधको चौडाइमा राख्नुहोस् । टाउकोलाई पछाडितिर लैजानुहोस् । मेरुदण्डको हड्डीलाई पछाडितिर झुकाउनुहोस् । दुवै हातले खुट्टा समाउनुहोस् । ध्यानको स्थितिमा रहनुहोस् । यो अवस्थामा गहिरो श्वास लिनुहोस् । केही समयपछि सामान्य स्थितिमा आउनुहोस् ।

वीरभद्रासन

यो आसन गर्नका लागि सबैभन्दा पहिले योगा म्याटमा सिधा उभिनुहोस् । अब आफ्नो दुवै खुट्टा फैलाउनुहोस् । खुट्टाको बिचमा २–३ फिटको दुरी राख्नुहोस् ।  त्यसपछि दुवै हातलाई काँधको समानान्तरमा राख्नुहोस् । त्यसपछि दाहिने खुट्टालाई ९० डिग्रीको कोणमा घुमाउनुहोस् । बायाँ खुट्टा पछाडि तन्काउनुहोस् । टाउको दाहिने खुट्टा र हात तिर राख्नुहोस् । त्यसपछि अगाडि हेर्नुहोस् । ५०–६० सेकेन्डको लागि यो स्थितिमा रहनुहोस् । अब सुरुवातको स्थितिमा आउनुहोस् । यो प्रक्रिया ३–५ पटक गर्न सक्नुहुन्छ ।

सेतुबंधासन

यो योगलाई ब्रिज पोज योग पनि भनिन्छ। यो गर्नको लागि  पीठको बलमा सुत्नुहोस्। अब खुट्टालाई काँधको चौडाइभन्दा अलि टाढा राखेर घुँडा झुकाउनुहोस्। त्यसपछि हत्केलाहरू खोल्नुहोस् र हातलाई भुइँमा सीधा राख्नुहोस्। श्वास लिँदा कम्मरको भागलाई माथि उठाउनुहोस्। यस अवधिमा काँध र टाउकोलाई समतल जमिनमा राख्नुहोस्। श्वास छोड्दा, फेरि पुरानो अवस्थामा फर्कनुहोस्।

नोट: यो लेख योग गुरुको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थिति बारे जान्नको लागि  एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ