२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग


काठमाडौं—सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले १० जना नर्सिङ अधिकृत र ९० जना नर्ससहित १५१ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । शुक्रबार विश्वविद्यालय एक सूचना प्रकाशित गर्दै १० जना नर्सिङ अधिकृत र ९० जना नर्ससहित १५१ जनाको करार सेवाका लागि आवेदन माग गरेको हो ।

जसमा १० जना नर्सिङ अधिकृत र ९० जना स्टाफ नर्स रहेका छन् । यस्तै, १० जना मेडिकल अधिकृत र ४ जना डेन्टल सर्जनका माग गरिएको छ ।

विश्वविद्यालयले १ जना बायोमेडिकल इन्जिनियर, १ जना रेडियोग्राफी अधिकृत, २ जना फार्मेसी अधिकृत, २ जना फिजियोथेरापी अधिकृत र ३ जना ल्याब टेक्नोलोजिष्ट माग गरेको छ ।

यस्तै, ल्याब टेक्नीसियन १० जना, रेडियोग्राफर ६ जना, फिजियोथेरापी सहायक २ जना र फार्मेसी सहायक १० जना माग गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ